Posted by: Pretty December 5, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
अस्तिनै गालवले एउटा गाउँको बिहेमा गएको सम्श्मरण लेखेका थिए, त्यतिबेला मैले नि लेखौला भन्दा सबैले प्रोत्साहन् दिनु भएको थियो लेख्नको लागी। हुनत मेरो लेखाई अलि रद्दिज् छ निसको भाषामा भन्नुपर्दा, तर एउटा नौलो अनुभव थियो मेरो लागी त्यो कुरा, त्यसैले यहा पनि पस्किदै छु मेरो सम्श्मरण। :) ---------------------------------------------------------------------------------------------------- अब कता कता त्यत्रो टाढा कसरी जाने बिहेमा एक्लै? पर्दैन अहिले बाबा पनि घरमा हुनुहुन्न हुँदैन, के नचाहिने कुरा गर्या होला नानुले, ल चुप लागेर बस। मेरो japanese language को साथी मुकुन्दको बिहे थियो। बाबा घरमा हुनुभएको भए त त्यो दिन मलाई जाउँ भनेर सोध्ने पनि आँट आउने थिएन, तर वहा कामले २ हफ्ताको लागि बाहिर जानुभएकोले मात्रै ममिलाई त फकाई फुलाई कुरा मिलाउछु जस्तो लाग्यो.. कस्तो सबै साथीहरु जाने भाका छन् मलाई मात्र कहीँ जाने भन्यो कि यस्तै किच् किच् किच् किच् के घरमा, अस्तिन पिक्निक् पनि जान नद्या हैन मलाई? भन्दै घुर्कि लगाएँ.. रश्मी पनि त जाँदैछे नि, (मेरो मिल्ने साथी हो रश्मी) अनि अरु सबै मेरो language का साथीहरु बिध्या, निता (केटीहरुको नाम मात्र भने के ममिलाई) गरेर जम्मा ६-७ जना जाने भाछन्, सबै जना सङ्गै जाने त हो नि, please mummy गाउँको बिहे हेर्न एकदम् रहर् लागेको छ के मलाई .... अनि कसरी जाने नि धुलिखेलसम्म एक्लै? म गै हाल्छु नि जसरी भएनि त्यस्मा हजुरलाई के को चिन्ता? लौ हेर यस्को कुरो तिँ राजदरबारसम्म त जान नसक्ने मान्छे, धुलिखेल जान्छु रे एक्लै। ल पख त भरे दाइ आएपछि उ सङ्ग कुरा गर्छु अनि तिमीलाई भोली धुलिखेलसम्म छोड्दे भनौला मान्यो भने जानु। अलिकति भे नि आशा त पलायो, तर दाइ नि त्यस्तै त हो नि, आफु चाहि कहा कहा जान्छ खै मलाई पुराउन मान्छ कि मान्दैन अब अर्कै काम छ भन्ने हो कि? दाइ मानेपछि रश्मीलाई छिटो छिटो फोन गरेर भने: रश्मी हामी दुइजनालाई भोली दाईले धुलिखेलसम्म छोड्दीने रे अनि अरु साथीहरुलाई त्यहीँ भेट्ने कुरा मिलाएर त्यँहाबाट जाने है बिहे घरसम्म। हेरन म त जान नपाउने भए, हाम्रो अर्को बिहेमा जानु पर्ने रहेछ मलाई याद नै थिएन नरिसाउ ल पो रे रश्मीले त। रिस त उठ्न सम्म उठ्यो अनि आफु नि जाउँ कि नजाउँ दुई मन भयो तर बल्ल बल्ल कुरा मिलाछ घरमा, जान्छु होस् जस्तो लाग्यो। नयाँ राम्रो लुगा अनि pencil high heel लगाएर गएँ बिहे खान। धुलिखेलमा अरु साथीहरु साधारन पहिरन् र दौडिन हुने खाल्का जुत्ता लगाएर पो आका देख्दा म मनमनै हाँसे लौन बिहेमा नि त्यस्तो जुत्ता भन्ठान्दै। सबै जना आइसकेपछि लागेउँ बिहे घरतिर पैदल। ठाउँको नाम पनि यादै छैन मलाई, उबेला त्यत्ति ध्यान नै नजाने देशका बिभिन्न क्षेत्रहरुका बारेमा के गर्ने? मेरि बास्सै एक घन्टा हिड्नु पर्ने रहेछ मुकुन्दको घर आउन त pencil heel त्यो पनि नयाँ अब के भो होला मेरो हाल त्यतिबेला? कसैलाई केहि भन्न नि लाज लाग्यो अनि सहेरै हिडिरहेँ। मुकुन्दको घर आएपछि यस्तो थाकिसकेकी थिएँ र पनि आफुलाई सम्हालेर अब पुगि हालियो त भनेर ढुक्क लाग्या मात्र के थियो, कुरा सुन्छु त त्यँहाबाट जन्ति जान भनेर सबै ठिक्क परेर हामीलाई कुरिराका रे, अब जन्ति जाने रे अर्को गाउँमा। लौन नि अब मेरो होसै उड्यो, फर्किन्छु म त भने जस्तो लाग्यो तर एक्लै फर्किन सक्ने होइन, अरुहरु त sports shoes लगाएर आका छन् सबै excited देखिन्छन् जन्ति जानलाई। पानी सुद्द नि खान दिएनन् दुलाको घरमा बाहिरै बाट जन्ति हिड्नु पर्यो। झल्झलि ममिले नजाउ भनेको कुरो याद आयो, बेक्कारै आएछु धत् जस्तो लाग्यो। सबैको अगाडि हाँसेर नि देखाउनु पर्नि फेरि भित्र भित्र चाहि मन् रोइराथ्यो। ठुलाले भनेको कुरो मान्नु पर्ने रैछ जस्तो लाग्यो त्यतिबेला। के था त हिँडेर जन्ति जान्छन् भनेर मलाई फेरि? सोच्दै आफै चित्त बुझाएँ। आखिरमा एक घन्टा जति हिँडेर पुगियो बेहुलीको घर। आफ्नो त कुन बेला घर फर्किन पाए हुन्थ्यो भन्या जस्तो भैराथ्यो, केहि कुरामा नि मनै लागेन। खाने कुरो नि कस्तो फोहोर फोहोर जस्तो मुखमा हाल्नै सकिन। भोक मीठो कि भोजन् मीठो भन्दा नि आफुलाइ त भोजन नै मीठो हुने रैछ भनेर त्यहि दिन थाहा भयो, घाँटिबाट छिर्या भे त के ल, एक त श्रद्धै लागेन, खालि कुनबेला घर फर्किउँ जस्तो मात्र भयो। अनि साथीहरुले नि बुझ्दै आए यस्लाई यहा रमाइलो भाछैन भनेर ल त एकछिन मा फर्किने भनेर कुरो मिल्यो। अनि त्यसैगरी दुई घन्टाको बाटो फर्केर धुलिखेलमा taxi लिएर फर्केँ घर। ओहो कस्तो सास् मा सास् आयो त्यस्पछि त भने। घर पुगेर के भन्ने अब पिरलो? भोक् पनि लाग्याछ, खुट्टामा नि घाउ नै घाउ, थकै ले नि चुर् tension भो मलाई। केहि नि भन्दिन चुप लागेर भान्छामा केहि होला लुकेर खाउँला सोच्दै पुगे घर। घरमा छिर्ने बित्तिकै ममिले लौन कस्तो निलो कालो अनुहार पारेर आ, के भयो? रे ल भयो अब। अनि के लुकाउन सक्नु? सबै बेलिबिस्तार लाउँदै यता खाजा खादै उता ममिले खुट्टामा औशधि लगाउँदै त्यस्तो पो भो त कुरो त।
Read Full Discussion Thread for this article