Posted by: world_map December 5, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
ठूली, मलाई पनि ठीक छ। तिम्रो लागि यो कविता लेखिदिएको मैले। :) जहाँ गए नि तिम्रा पाईलाहरू हाँसो र खुशीले पछ्याइरहोस् तिम्रो सुन्दर अनुहारलाई अधरको मुस्कानले सजाइरहोस् मातृभूमिको मीठो संझनामा स्मृतिका अनगिन्ति दीप जलाई तिम्रो यात्रा सुखमय होस् यही शुभकामना छ तिमीलाई शुभयात्रा ठूली!!! हरी, अघि बिहान मौसम राम्रो भा'थ्यो, अहिले फेरी बादल आउन थाल्यो। यो ठाउँको तीनवटा 'W', wine, weather र woman को विश्वास नगर्नु भन्थे, सही रैछ। :P र मैले अहिलेसम्म विश्वास गरेको पनि छैन यहाँ।;) मास्टर्नी दिदीले पनि रमाईला पंक्तिहरू राख्नुभो :D ठूलीले बाँदरलाई देखेर मलाई सम्झे पनि, मलाई देखेर बाँदरलाई सम्झेपनि केही छैन, राम्रो कुरा त यो हो कि ठूलीले मलाई त सम्झेकी छे नि, कसो ठूली? :P
Read Full Discussion Thread for this article