Posted by: world_map December 5, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
नमस्ते है गाम्लेहरू!!! हिजो पून्टे दाइले त गज्जबको चिठ्ठी लेख्नु भएको रैछ त। अहिले देख्दा खूब हाँसो लाग्यो। :D ठाउँको नाम र मान्छेको नाम पनि राम्ररी नै याद रैछ त पून्टेदाइलाई, कि सोह्र वर्ष पहिले कुनै पाटनकै मैयाँको पछि लागेको कहानी छ तपाईको? :P ;) अब प्रदीप नेपालजीको लेखको बारेमा त के भन्नु र, 'पुङ् न पुच्छरकै हो यो'। हुन त उनी यस्ता लेख लेख्नमा च्याम्पियन नै छन्, मैले पाँच,छ वर्ष पहिले नेपालमा यौटा पत्रिकामा उनको अष्ट्रेलिया भ्रमणपछिको लेख पढेको थिएँ, सिड्नीलाई 'अपराधीहरूले शुरू गरेको शहर' भनेर खूब होच्याएका थिए। गाली र आलोचना गर्नु भनेको राजनीतिज्ञहरूको पेशा नै जस्तो छ। स्वेच्छाले बाहिर जानेहरूलाइ त कसैले रोक्न सक्दैन, चाहे उ अमेरिकाको आरामदायी भवनमा बसोस् या अफ्रीकाको मरूभूमीमा गएर बसोस्, उसको आफ्नो व्यक्तिगत रूचि हो, तर नेपालीहरू बढि बाध्यताले विदेशिन्छन् र यो वाध्यताको कारण नेपालको आर्थिक, सामाजिक र राजनीतिक दुरावस्था नै हो। यस्तो अवस्थाको सुधारको लागि काम नगरी खाली विदेश जानेहरूलाई नाना भाँति भनेर मात्र त समस्याको समाधान होला जस्तो लागेन मलाई। नेपालीहरूले पनि 'मेशिन जस्तो' काम गर्ने हो र यस्तो वातावरणको विकास गरी सही प्रतिफल भित्र्याउने हो भने केही दशकमा नेपाल अमेरिका त नभनौं दक्षिण कोरिया जस्तो चैं पक्कै बन्न सक्छ।तर खाली आलोचना र खुट्टा तानातान मात्र गर्ने, काम गर्न अल्छि गर्ने हो भने सियरा लिओन बन्न केही वर्ष पनि लाग्दैन। ल, ठूली पनि आईसकिछ, के छ हालखवर? सामान प्याक गर्न सकियो? :) 'पुङ् न पूच्छरको' भनेको 'छेउ न टुप्पोको', 'in the centre of nowhere'.
Read Full Discussion Thread for this article