Posted by: Poonte December 4, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
बाफ्रे! साँचिकै बुढेसकालले छोएछ! लभ लेटर नलेखेको जुग भइ सक्यो! पुराना दिनहरुको याद आयो! जे होस। ठुल्बुईनीको लागि त गर्दिनै प-यो...प्र्यक्टिस् गरम् है! मेरो सानो मुटुको टुक्रा, चित्रे! तिमी घफ्रिन्दा मेरो मुटु नि ऊफ्रिनछ, तिमी सुत्दा मेरो मुटु नि सुत्छ, तिमी निरासिणदा मेरो मुटु नि निरासिन्छ, तिमी हाँस्दा त मेरो मुटु हासेर कान सम्मै पुग्छ! नेपालमा आए देखुन्, सबैले करा'को कराई छन, बिहे गर्न प-यो रे। तिमी नभए तिमी जस्तै कोई अरु छन् भने नि पठाईदिए हुन्थ्यो। यही आठले प्रार्थना त गर्न मन लाग्छ, तर तिमी नै मेरो देउता, तिमी नै मेरो परमेश्वर, मेरो प्रार्थना तिमीलाई नै सुनाउँछु! हिजो पुगेकी थिएं धेरै बर्ष पछि पशुपति, त्याँ को बाँदरहरु देखदा कस्तो झल झलि तिम्रो याद आयो। अब भोलि चई पाटन धुम्न जान्छु, परै बाट तिम्रो घरलाई हेर्छु, अनि म त्याँ भित्र रक्सी पारि रा'को सपना देख्नेछु। बरु कुन हो रे तिम्रो घर? त्यो गल्ली बाट भित्रे पसे पछि, अनि अर्को गल्लीमा राईट लागे पछि, अनि फेरि अर्को गल्लीबाट लेफ्ट लागे पछि, अनि तो हिटि आगँछ, हो? हिति फनक्कै धुमेर सिधै लागे पछि सान काजी म:म: स्पेशल आउँछ? त्याँबाट पेरि राईट लाग्नि, अनि राजु मान बैद्धको पसल आउँछ? जुजु भाई टेलर्स् पनि नजिके छ रे, शयद हाम्रो बिहेमा तिमीले त्याहीँबाट सुट सिलाउने होला। अनि जुजु भाइ अंकललाई सोध्यो भने चित्रेको घर देखाई दिन्छ हो? नत्र, त्यो जुजु भाइ अंकल त्याँ छैन भने, वारि पट्टिको जजमान् मेडिकलको कम्पाउन्डर हरि काजीलाई सोद्यो भने नि भन्दिन्छ? ल, म त्यसै गर्छु। बेटियो भने, तिमी नभए नि तिम्रो भाइ को अनुहार हेरेर चित्त बुझाम्ला, अनुहार त दुरुस्तै छ रे भनेर सुन्छु! ल त, डार्लिङ् चित्रे, तिमी पुन्टे दाईसं चेस खेल्दै गर, म चाईं प्याकिङ् गर्न जान्छु। हार्न ला' जस्तो भयो भने पुन्टे दाईको तालुमा थप्पड पड्काउनु, अनि उसले सबै कुरा बिर्सिन्छ। मैले सिका'को नभन्नु हे, पिलिज! ल त, मेरो मुसुको टुक्रा, मेरो ह्रदयको धडकन, मेरो कानको कानेगुजी, मेरो नयनको तारा, मेरो मासुको नङ्ग, मेरो कपालको जुम्रा, आदि ईत्यादि, आई लभ यु मोर द्यान् आई क्यान से, वो वु वो वु ये यि ये यि.... तिम्रो कलेजो को टुक्रा, यो्रस फोरेभर, अपताउन गाल!
Read Full Discussion Thread for this article