Posted by: Jawala December 4, 2006
डीभी परेर अमेरिका
Login in to Rate this Post:     0       ?        
डीभी परेर अमेरिका रामप्रसाद बस्याल निजामती सेवाको अधिकृत जागिर छाडेर अगस्ट १६ का दिन एउटा अत्यन्तै कठिन र जोखिम यात्रामा दुई नाबालक छोरा र श्रीमतीसहित डीभीमार्फत अमेरिका प्रवेश गरेँ । नेपालीहरू विदेशिने क्रम यो डीभी चिठ्ठाले मात्रै सुरु गरेको होइन । प्रथम विश्वयुद्धमा नेपालीले विदेशीका तर्फबाट विदेशीहरूकै माटोमा लडाइँ लडेर भिक्टोरिया क्रस पाएको सर्वविदित छ । चौडा छाती र दरिला पाखुरा भएका सल्सलाउँदा नेपाली युवाहरू अझै पनि बेलायत र भारतीय सेनामा भर्ना हुन्छन् । म विद्यार्थी छँदा गोर्खा सैनिक भर्ती बन्द गर भनेर खुबै नारा सुनिन्थ्यो । तर विदेशी सेनामा नेपाली युवा भर्नाको क्रम अद्यापि रोकिएको छैन । अपितु नेपालीको अहिलेको स्थिति अझै कठिन र समवेदनशील बन्न पुगेको छ । त्यसैले विगतमा भारत, बर्मा, हङकङ र बेलायतमा सीमित नेपालीहरू यतिबेला कोरिया, जापान, मलेसिया लगायत खाडी राष्ट्रमा समेत अदक्ष्ा मजदुर र घरेलु कामदारका रूपमा विदेशिन्छन् । खाडी राष्ट्र धार्मिक, सामाजिक र आर्थिक रूपले समेत नेपाली विदेशिनलायक मुलुक होइनन् । आज नेपाली दिदी-बहिनीहरूसमेत खाडीका राष्ट्रमा घरेलु कामदारका रूपमा विदेशिएका र त्यसक्रममा अनेक यातना, प्रताडना व्यहोर्नुपरेको खबर प्रायशः सुनिरहनुपरेको छ । इराकमा एकजनालाई छुराले घाँटी रेटेर र एघारजनालाई बन्दुकले गोली हानेर मृत्युवरण गर्न बाध्य पार्दाको चित्कार टेलिभिजनमा हेरेँ । त्यो घाँटी रेटिएर मृत्युवरण गर्ने नेपालीको चित्कार सायद म जीवनपर्यन्त भुल्नसक्ने छैन । यी सबै कटुसत्यका बाबजुद आजसम्म पनि नेपालको राजनीतिले नेपाली जनताका लागि आशाको ज्योति जगाउनसकेको छैन । आम नेपालीका लागि मातृभूमि नेपाल फगत एउटा बासमात्रै बन्न पुगेको छ । उसले परिवारको भरणपोषण त सदीयौंदेखि विदेशीको सेवा गरेर गर्दै आएको छ । राष्ट्र हुनुको मोज त राजा र राजपरिवारलाई, उनका वरपर घुम्ने चम्चाहरूलाई, टाठाबाठा भनाउँदा नेतालाई र यिनकै वरपरका आसेपासेलाई बाहेक बाँकी नेपालीका लागि आकाशको फल नै हो । विदेशिन खोज्ने नेपालीलाई रोक्ने, विदेशिएकालाई स्वदेश फर्काउने र स्वदेशमा नै काम गर्न उत्साहित गर्ने कुराका सन्दर्भमा प्रदीप नेपालका भनाइ सान्दर्भिक छन् । तर उहाँले वर्णन गर्नुभएको दुःख र डीभी चिठ्ठा भर्दै भर्नुहुन्न भन्ने कुरामा मेरो प्रतिक्रिया भिन्न छ । अमेरिका विश्वको अति विकसित र सम्पन्न राष्ट्र हो । अमेरिकी राजनीतिक नेताहरू भाषण गर्दा अमेरिकालाई न गोराको, न कालाको, न अरू कुनै स्पेनिसको, न अरू कुनै वर्ग वा जातिको मात्रै अमेरिका नभएर साँच्चै नै संयुक्त राज्य अमेरिका भएको कुरा गर्वसँग गर्छन् । यथार्थमा पनि संसारभरिका मान्छे एउटै देशमा बस्न पाइने विश्वको एकमात्र मुलुक अमेरिकामात्रै हो । यत्रो विशाल विविधताबीच अमेरिका एउटा पद्धतिले चल्ने र कानुनको सर्वाेच्चतालाई कायम राखेर दिन-प्रतिदिन अझै सक्ष्ाम भएर अगाडि बढ्दो छ । अब म डीभी चिठ्ठाबाट अमेरिका आउनेमध्ये केहीको प्रतिकात्मक उदाहरण पेश गर्न चाहन्छु । म बस्ने एपार्टमेन्टसँगै डीभी चिठ्ठाबाट आएका दुईजना भाइहरू सँगै बस्छन् । उनीहरू बस्ने एपार्टमेन्टमा एउटा मानिसलाई घरमा नभई नहुने सबै सुविधा उपलब्ध छ । दुवैजना बिहान आ-आफ्नै कारमा कलेज पढ्न जान्छन् । कलेज सकेर त्यतैबाट काममा जान्छन् । यसरी अमेरिका प्रवेश गरेदेखि आफ्नै कमाइको भरमा सुन्दर भविष्य कोर्न उनीहरू व्यस्त छन् । आज विद्यार्थी छँदाकै घडीमा पनि उनीहरूले नेपालमा भएका बाबु-आमा, भाइ-बहिनी सबैलाई सक्दो सहयोग गरेका छन् । नेपालमा दूरक्ष्ाितिजसम्म देखिएको अन्योलग्रस्त जीवनका बाबजुद आज उनीहरू ढुक्क र भविष्यप्रति आशावादी छन् । मसँगै एकजना बहिनी डीभीबाट आएकी छन् । उनले कामको साथसाथै नर्सिङ पढाइलाई अघि बढाएकी छन् । यतिबेला उनीसँग 'प्राक्टिकल नर्स' को लाइसेन्स छ । अबको दुई वर्षमा उनी रजिष्टर्ड नर्स बन्छिन् । अमेरिकामा एउटा नर्सको आम्दानी वाषिर्क ६० देखि ८० हजार डलरसम्म छ । उनी विवाहका लागि धनी बाबुको छोरोभन्दा पनि शिक्ष्ाित र सज्जन युवकको खोजीमा छिन् । उनलाई जीवनमा लोग्नेले पाल्ला वा नपाल्ला भन्ने कुराको रत्तिभर चिन्ता छैन । अमेरिकी वातावरण र शिक्ष्ााले उनलाई वास्तवमा एउटा सबल नारीको रूपमा तयार गर्दैछ । म मेरो आफ्नै कुरा पनि यहाँनेर प्रस्तुत गर्न उपयुक्त ठान्छु । मैले निजामती सेवामा बीस वर्षसम्म काम गर्दा न कुनै अचल सम्पत्ति जोड्नसकेँ, नत कुनै बैंक ब्यालेन्स नै । मेरा दुई छोराहरूको शिक्ष्ाादीक्ष्ााको प्रबन्ध कसरी गर्ने भन्ने चिन्ताले चिन्तित थिएँ । एसएलसीसम्म त त्यति समस्या थिएन । तर एसएलसीपछि कलेज पढाउन साँच्चै नै मलाई सहज थिएन । छोराहरूलाई पढाउन र एउटा बासको व्यवस्था गर्न निजामती सेवामा कमाइ हुने अड्डामा सरुवा गराउने विकल्प हुँदै नभएको त होइन । तर मेरा लागि त्यो त्यति सहज र आकर्षक भने थिएन । डीभी चिठ्ठा नपरेको भए यतिबेला कमाइ हुने अड्डाको खोजीमा मैले पनि आम कर्मचारीसरह माननीय मन्त्री र श्रीमान् सचिवहरूकहाँ जानैपथ्र्याे । यो डीभी चिठ्ठाले मलाई भविष्यमा के दिन्छ वा दिँदैन, त्यो त म भन्न सक्दिन । नेपाल आमाको पसिना पिए पनि यसले मलाई नेपाल आमाको रगत चुस्ने पापबाट जोगाएको छ । छोराहरूलाई हार्वर्ड, एमआइटी वा यस्तै नाम चलेका कलेज पढाउने सपनामा अमेरिकामा हर प्रयास गर्दैछु । अमेरिका बसेर मातृभूमि नेपालको ऋण कसरी तिर्ने होला भनेर मनमा कुरा पनि आइरहन्छन् । मेरो दृष्टिकोणमा मानिसको जीवनमा हेर्नु र पुग्नुपर्ने ठाउँमध्ये अमेरिका एक प्रमुख ठाउँ हो । अमेरिकामा मिहेनत गर्नेले, बुद्धिको प्रयोग गर्नेले कहिल्यै दुःख पाउनु पर्दैन । वास्तवमा नै अमेरिकामा अवसरहरू अत्यन्तै प्रबल छन् । म बेलाबखत बडो गम्भीर भएर सोच्ने गर्छु । मेरो गाउँमा हलो जोत्ने दलित भाइलाई यो डीभी पर्दो हो त उसका लागि यो जीवन कत्रो उपहार हुँदो हो । न जातिपाती र छुवाछूत छ, नत पहुँच हुने र नहुनेको सवाल छ । आफ्नो मिहेनतका भरमा आत्मसम्मानका साथ जिउन यहाँ उसलाई कसैले छेक्दैन । सबैका लागि उपलब्ध सबै अवसर उसलाई पनि यहाँ खुला रूपमा प्राप्त छ । यस सन्दर्भमा नेपाली उत्पीडित, दलित जातिलाई अमेरिकी सरकारले अमेरिका प्रवेश गराउन लचिलो नीति लिइदिओस् भन्ने मेरो कामना छ । जातीय विभेदको पीडा नेपाली कानुनले भन्दा अमेरिकी वातावरणले सहजै निको पार्न सक्छ । त्यसैले डीभी चिठ्ठा भर्ने कि नभर्ने भन्ने विषयमा निर्णय गर्न नेपाली दाजुभाइ-दिदीबहिनीलाई सहयोग पुर्‍याउन अमेरिका कसका लागि लाभप्रद र कसका लागि कष्टप्रद भन्ने देहायको विभाजन प्रस्तुत गर्छु- लाभप्रद -१) दलित, उत्पीडित तथा सामाजिक र आर्थिक रूपले पछि परेका समुदायका लागि अमेरिका अत्यन्तै लाभप्रद । -२) बेरोजगारहरूका लागि लाभप्रद । -३) मिहेनत र परिश्रममा बाँच्छु भन्नेहरूलाई लाभप्रद । -४) युवायुवतीलाई लाभप्रद । -५) अध्ययन, अनुसन्धान गर्न चाहनेलाई लाभप्रद । कष्टप्रद -१) अरूमाथि हैकम चलाएर बसी-बसी खान पल्केकाहरूलाई अमेरिका अत्यन्तै कष्टप्रद । -२) पेसागत रूपमा एउटा करियर बनाइसकेकाहरूलाई त्यो पेसा छाडेर अमेरिकी चुनौती सामना गर्न अति कठिन । -३) नेपालमा घूस खाने वा भ्रष्टाचारबाट सम्पत्ति जोड्ने सम्भावना र इच्छा हुनेलाई अमेरिकामा मिहेनत गरेर आर्थिक रूपमा सम्पन्न हुन साह्रै गाह्रो । -४) अधबैंसे र वृद्धहरूलाई धेरै कठिन । -५) अध्ययन, अनुसन्धान गर्ने उद्देश्य नभएकाहरूलाई जीवन उद्देश्यहीन । मातृभूमि छाडेर बसाइँ सर्नेहरूको जीवन चुनौतीपूर्ण हुन्छ । आर्थिक रूपले सम्पन्नता हासिल गर्न सक्दाका घडीमा पनि सामाजिक र सांस्कृतिक अभाव सदैव खट्किरहन्छ । प्रथम विश्वयुद्धताका बर्मा जाने नेपालीहरू अझै स्वदेश र्फकंदैछन् । विदेशी विश्वविद्यालयमा अध्यापन गर्ने पीएचडी गरेको नेपाली प्राेफेसरभन्दा आफ्नै गाउँको प्राइमरी स्कुल शिक्ष्ाक निश्चय नै महान् हो । त्यस शिक्ष्ाकलाई मेरो कोटीकोटी नमस्कार छ । तर यी सबैका बाबजुद विदेश जाने नै हो भने सबैभन्दा उत्तम थलो विश्वमा संयुक्त राज्य अमेरिका नै हो । - http://www.kantipuronline.com/kolnepalinews.php?nid=93474
Read Full Discussion Thread for this article