Posted by: sprakashp December 4, 2006
त्यो क्षण !
Login in to Rate this Post:     0       ?        
साहित्य मन पर्छ ? त्यो क्षण ! शिव प्रकाश (हरैंचा/मोरङ) त्यो क्षण ! तिम्रा ति हेराइहरुले मेरो बाटो छेकिरहेका थिए तिम्रा ति बोलाइहरुले मलाइ रोक्न खोजिरहेका थिए तर मेरा बाध्यताहरुले मलाइ लगातार धकेलिरहेका थिए । त्यो क्षण ! तिम्रा ति कोमल र्स्पर्शहरुले मलाइ निरन्तर तानिहरेका थिए तिम्रा ति मायाका बन्धनहरुले मलाइ तिमीभित्र कतै बाँधिरहेका थिए तर मेरा अप्ठ्यारहरुले मलाइ तिमीबाट अलग्याइरहेका थिए । त्यो क्षण ! तिम्रा ती स्पन्दनहरुले मेरा ढुकढुकीहरु बढाइरेहका थिए तिम्रा ति अब्यक्त पीडाहरुले मलाइ अभ्यन्तरमा स्तब्ध बनाइरहेका थिए तर मेरा विवशताहरुले मलाइ बराबर खेदिरहेका थिए । त्यो क्षण ! तिम्रा मुहारका ति मलिन भावहरुले मलाइ भित्र भित्रै सताइरहेका थिए तिम्रा रसाएका ति आँखाका पानीले मलाइ कता कता भिजाइरहेका थिए । तर तिम्रा बलिया हौषलाहरुले मलाई जीवन-सर्घष्ाको पथमा घचेडिरहेका थिए । त्यो क्षण ! तिमीले दुःख लुकाएर सुख देखाएको पीडा लुकाएर हाँसो मुस्कुराएको तिम्रा ति सचेत भावहरु मैले सबै बुझिरहेको थिएँ तर बिदाइको त्यो क्षणमा म पनि तिमी जस्तै अबुझ भै दिएँ ! हो, म पनि तिमी जस्तै अबुझ भै दिएँ ! हालः बोष्टन/अमेरिका । नोभेम्बर ३०, २००६
Read Full Discussion Thread for this article