Posted by: Amazing December 3, 2006
Pain of living abroad
Login in to Rate this Post:     0       ?        
खै यार् त नेपाल जान भनेको होइन? -- भन्या त हो तर यसपालि अलि पैसा छैन यार, Summer मा जान्छु होला, घर नगयको पनि ३-४ बर्श भयो यार दिनदिनै घरतिरको याद आउछ In Summer ---------------- कहिले जाने भैइस त नेपाल? ---एक् हफ्ता भित्र टिकट बुक गर्छु यार्, अति भयो, घरबाट ममि बुबाले फोन गर्या गरै गन्रुहुन्छ यार् अनि मलाइ पनि अति जान मन लाग्या छ। ल ल बढ्ता नखोक्, त नेपाल् जाने खुषियालिमा थप् साले एउटा अर्को बियर् ---यस्तो मुला बियर् कति खाने यार्, नेपाल् गयर मजाले चिसो चिसो सान मिगल र सुकुटि खान्छु यार् -------After a month (In Phone) य मुला के हो त त यस्पालि पनि नजाने भैस् रे नि हो? --क्या र्‍याक भो हेर् न यार्, जान भनेर ठिक्क भाको फेरि यो Summer मा दामि काम् पाय यार् अनि महिनामा डेढ लाख हुन्छ ३ महिना काम गर्नु पर्यो यार् अनि कहिले जाने त नेपाल्? --Christmas छुट्टिमा जान्छु यार्, यता जाडो पनि अति हुन्छ नेपालमा मौसम पनि दामि हुन्छ, तर यार् यो summer ma पनि घर जान पाइयन, कहिले देखि को प्लान् हो यार्। In Christmas --------------- कहिले जाने हो त नेपाल? ---छुट्टि नै अति थोरै छ यार्, त्यहि पनि जान्छु होला २ हफ्ताको लागि यत्रो बर्षमा जान लाग्या २ हफ्ताको लागि के जानु, गयपछि त मस्त ले मोज् गर्ने गरि जानु पर्छ यार् ---तेरो कुरा पनि ठिकै हो यार् (Kahile k kahile k......jane kura nai fixed nahune) Finally ३ बर्ष पछि ------------ ल बल्ल आज नेपाल उड्ने भैयो --खुषि छस हैन त साले? You Lucky Bastard..... के गर्नु फेरि २ महिना पछ्हि आउनु पर्छ, सधैको लागि जान पाय पो मस्ति, नेपालमा जस्तो मस्ति यहा कहा छ र, यहाको लाइफ देखि त दिक्क लागिसक्यो यार्, कहिले फुर्सद हुने होइन, काम् पनि गधाले जस्तो गर्या छ। ----ल ल तेरै छ दिन, नेपाल गयर मोज् गर मुला, आफु जाने त कहिले हो यार्। त्यो त हो यार् नेपालमा मस्ति छ नि, आफ्नो देश त आफ्नै हो नि यार्। साले यि कुइरेहरुको देषमा त के छ हाम्रो लागि, तै भन् त मुला? After coming from Nepal ------------------------- कस्तो भयो त नेपाल को बसाइ -- (Showing both the hands) सार्है कालो भैयो यार, यहाबाट जादा क्या गोरो थिये, कुइरे जस्तो ह्या मुला के केटि जस्तो कुरा गर्या यार् कालो र गोरो. भन मस्ति भो होइन त नेपालमा? आफ्नो देश जादा मस्ति त भयो तर यार मलाइ त बोर लाग्यो किन नि? त्याति बर्स्पछि जादापनि बोर्? --शुरु शुरुमा त सबैले बिदेशबाट आयको भनेर खुब चाख गरे, के के सोध्थे यार् अनि १-२ हफ्ता पछि त पुरानो भैहाले नि, कसैले गन्दा पनि गनेनन् हा हा हा --नहास् न मुला, अनि मिल्ने साथि पनि कोइ छैनन्, मेरा दौतरिहरु सबै बिदेस् अनि नेपाल् भयका त भुन्टेका बाउ भैसकेका, अनि अल्लारे केटाहरु लाइ लियर हिड्यो ल दाइ बिदेश्को १ रुपैया त हो नि भन्दै बियर खादै ठिक्क अनि मामा, काका, फुपुको घरतिर गैनस् त? --त्यहि जादा त मरे नि? के ल्याइदियको होला भनि सबैले आश गर्दै बसेका रहेछन यार् अनि अरु सुनान राम्रो राम्रो कुरा? --राम्रो के भन्नु यार्, त्यहि त हो नि नेपालको कुरा, कसैको जागिर् छैन, ल बाबु हाम्रो छोरा लाइ पनि तान्नु पर्यो, हाम्रो भान्जालाइ तान्नु पर्यो रे के के हो के के याअर्, जे होस् रिलयाक्स भो होइन त २ महिना सम्म? रेस्ट गरिस् होला नि मजाले? --के रेस्ट गर्नु नि, सुत्या छ बस्या छ, पछि पछि त दिक्क लाग्यो नि, सुरुसुरु मा त कहिले आयको भन्थे १ हफ्ता नबित्दै कहिले जाने बाबु भन्न थालि हाले नि गाउमा, आफ्नो देश भन्ने मात्र हो यार्, अर् त के छ र? -----------After few years--- again same dialouges खै यार् त नेपाल जान भनेको होइन? -- भन्या त हो तर यसपालि अलि पैसा छैन यार, Summer मा जान्छु होला, घर नगयको पनि ३-४ बर्श भयो यार दिनदिनै घरतिरको याद आउछ भुलचुक लिनेदिने : कसैको जीवनसङग १००% मेल खान गयमा लेखक पुर्ण जिम्मेबार हुनेछ. Are u missing Nepal?
Read Full Discussion Thread for this article