Posted by: gaalab December 2, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
जदौ! सब लोग कता पुगे? शक्रबार बेलुकी परो क्यारे! मोजमस्तीमा होलान् नि, हैन? चौतारी छेल पर्न आँटेछ, यसो उँभो धकेल्दै गर्या नि! कुम्ले -- यसचोटि यात्राको लागि रासन पाइने नै त्यै भाषनले गर्दा हो; गर्नै परो नि। तर नमेदाइले भने झैं संबिधान सभामा उठ्ने बिचार त गर्या छैन है! संबिधान सभामा त बरु पुन्टेदाइलाई होस्टे हैंसे गरेर उठा'र जिताम्न परो! कि कसो? के पिलान छ पुन्टे दाइ? जहाँ सम्म चौतारीको कुरा छ, हाम्ले जनआन्दोलन-२ ताका नै यस चौतारीलाई लोकतान्त्रिक गणतन्त्र चौतारी घोषणा गरिसक्या हो नि। हैन र? प्रस्ताब मैले ल्या' हो, निर्वाचन अधिकृत भोउते थियो (हिजा'ज काँ' हरायो त नि!), चौतारीमा जनमत संग्रह नै गर्या हो नि!
Read Full Discussion Thread for this article