Posted by: Foe_4_mysty December 1, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
साझामा भैइराखेको घटनाहरु हेरी राख्दा के आभास् भयो भने मलाई यहाँ चौतारीमा पाल्नु हुने मित्रहरु एक् अर्कामा मित्रवत् ब्यवहार् गर्छन्, एक् अर्काका बारेमा चासो राख्छन्, फगत् आफ्नो-आफ्नो भुमिका जिम्मेवारी पुर्वक् निभाउछन्। अनि यस्तै-यस्तै चली राख्दा रमाइलो गर्ने हिसाबले हामी मध्य कोहिले बिल्कुल छुट्टै मुकुन्डो भिरेर आउँछौं। जस्तै- निस् ब्रो, धामि-झाक्री, रिकुटे, गुन्टे, लुन्टे, समिधा इत्यादि।। मलाई जहाँ सम्म लाग्छ यि पात्रहरुले छुट्टै रौनक् थपिदियेका छन् चौतरिमा। अब कुरा कहाँ निर आएर बिगृयो भने, human nature ले गर्दा । हामी मध्य कतिपयले एक्-अर्का लाइ राम्ररी चिन्छौं virtually or personally. र यहि कारणले गर्दा नयाँ पात्रहरुको आगमन् हाम्रो लागि उत्सुकताको कारण बन्न जान्छ, अनि हामी यो नयाँ पात्र हरुको मुकुन्डो पछाडि पुरानो पात्रहरु को अनुहार खोज्छौं। अनि सुरु हुन्छ एक अर्का माथि शंका गर्ने खेल्, जुन् कुराको यो virtual worldमा केहि महत्व हुदैन र राख्नु पनि हुदैंन। त्यसैले, यहाँ पाल्नु हुने सबै दाजु, भाई, दिदि-बहिनिहरुमा यस्तो कुराहरु सामान्य रूपमा लिइदिन हुन अनुरोध गर्दछु । र, चौतारी गाम लाइ पुन्: सामान्य रूप मा चल्न दिन अनुरोध गर्दछु । सानो मान्छे को सानो अनुरोध्, रोल न १५, मिस्टे हाजिर मिस्! :प
Read Full Discussion Thread for this article