Posted by: Birkhe_Maila November 30, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
क्यार्नु हरितालिके चाइन्जो भुँडि भर्नलाई कइले कता कइले कता फत्र्याकफुत्रुक अर्दै समय जान्छ! हन मलाई किन किन यो चौतारि आचकल अलिक भिन्नै भा अस्तै लाइराछ गाँठे! मुन्छे नि किसिम किसिमका, कुरो छेउ टुप्पो केई बुझै मार्दिनु! कोई आम्छन :) अर्छन जान्छन्। कोई आम्छन :D गर्छन जान्छन्। कोई आचsss भन्छन, तेसै जोशिन्छन् र भएभरका अरु मुन्छेलाई आँखाले गन्दैनन् ! के हुन ला' हो कुन्नि चौतारिलाई? पुराना बुडा खाडा सपै हराए अस्तो छ! गोताएँ बेला बेलाँ 'जदौ' भन्दै आम्छ, दादा सुसेलेर जान्छन्। पुन्टे दाई कथा हाल्छन्; हाम्रो गाममा कसैले तेस्तो नि हुन्छ भुनेर पत्याउनै नसक्ने! लाले कता अन्मरियो दैव जानुन्। मुन्द्रेले चौतारिओ माया मारेको एउ बर्ख भन्दा नि बढि भओ। काका बुडा मुउलान छिरे देखुन मरेओ बाँचेओ पत्तो छैन। सिरे तेसै बिरउतेर हिनेओ कता हन्डर खाइराहोला बिचरा। भाउते एसो रमैलो कुरो अर्थो केनडाँडाओ हिउँले पुरियो झैँ मानेछु। घोर कलिजुग लाओ गाँठे चौतारिलाई!!
Read Full Discussion Thread for this article