Posted by: Poonte November 30, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
“ल, केटा हो! डिनर रेडि!” रमेसको एउटा रुममेटले भान्छा बाटै चिच्यायो। आफैंले बनाउनु परेको अल्लारे केटाहरुको डिनर के हुन्थ्यो? तेई Ramon Noodles मा हट डग हालेको। साँझ थियो, बुधबारको, Thanks Giving भोलि पल्ट। खाए पनि नखाए पनि रमेशको पेट चईं भरि सकेको जस्तो थियो, भोलि बिहान शुरु हुने उसको र जेन्नीको यात्राको कल्पनाले। “ल, भोलि देखि त के के खान पाईने हो बाटो भरि, आज मन भए नि नभए नि खाऊ यई चाउ चाउ,” त्यो साँझको भान्छे रुममेटले बौलमा राखेर ल्याईदियो रमेशलाई डिनर। यस्सो खान मात्र के लागेका थिए रमेश, भित्रबाट अर्को रुममेट हातमा फोन लिएर आयो, “महाराज रमेश बिक्रमको फोन आएको बिन्ती ट्क्र्याउन चाहन्छु, महारानि जेन्नीको, सरकार, जो हुकुम्!,” आँखा झिम्क्याउँदै उसले रमेशलाई फोन दियो। “Ramesh, I need to talk to you before we leave for Ithaca tomorrow. What are you up to right now? Can I come over?” “Well, you can tell me on the phone too,” जेन्नी आफ्नो आपार्टमेन्टमा पहिलो पटक आउनको लागि उ रेडि थिएन। “I’d rather talk to you in person about this, Ramesh. But don’t worry, it’s nothing serious. I think it’d only make our trip to Ithaca tomorrow much better if I tell you this now.” अरु बेला जस्तो सुकै ठट्टै ठट्टामा साथीलाई उडाएनि रमेशका रुममेटहरु चाहिने बेलामा चईं अति हेल्पफुल थिए। तीनै जना मिलेर फटाफट कोठा सफा गर्न थाले, बिदेशी पाहुना आउन लायो भनेर, त्यो पनि तरुणी! रमेशको मनमा चईं हुरि बातास आई रहेको थियो, कुराको खुल्दुलीले। “ए, केटी त च्वाँकै रहिछे यार! रमेशेको भाग्य!,” जेन्नीलाई देखेपछि भित्र बेडरुममा खास खुस गर्दै थिए रुममेटहरु। रमेश र जेन्नी चईं बाहिर बैठकमा। एकैछिनको मामुली कुरा पछि जेन्नीले बाहिर जाने प्रस्ताव राखिन्। निस्कने बेलामा रुममेटले जेन्नीको आँखा छलेर रमेशलाई thumbs up पनि दिए। “I wanna talk to you about this in a nice, quiet, romantic place,” भनेर जेन्नीले कार नजिकैको ताल पनि भएको पार्कतिर हाँकिन्। रमेश चईं चुपचाप थिए, भित्र भित्र हर्षले दंग पनि। “Nice, quiet, romantic…तीन महिना सम्म आफूले भन्न नसकेको कुरा अब लामो ट्रिप जानु अघि जेन्नी आफैंले भन्ने भई, कति सजिलो भो, भनेर। बरु, जवाफ पो कसरी दिने हो? हो, म पनि तिमीलाई प्रेम गर्छु भनेर कसरी भन्ने हो? भनि सके पछि फेरि किस पनि दिनु पर्ने हो कि, फोरेन संस्कृति अनुरुप? हेत्तेरी! तेत्रो आँट फेरि काँ बाट ल्याउने हो? अरु कुरामा चईं जहिले नि लेडिज फस्ट रे, यस्तो कुरामा चईं किन लेडाज फस्ट हुन पर्ने होला?,” यस्तै यस्तै कुराहरु मनमा खेलाउँदै थिए रमेश, कार रोकियो, तालको किनारैमा, माथि हेरेको, चन्द्रमा पनि निकै चम्किलो रहेछ। झमक्कै परि सकेकोले पार्कमा वरि परि खासै कोही थिएनन्। साँचिकै Nice, quiet, romantic...मेरो फस्ट प्रोपोजल चईं साँचीकै मेमोरेबल हुने भयो,” हर्षले बुरुक बुरुक उफ्रिएको मुटुलाई थम्याउने कोशिष पनि नगरि सोंच्यो रमेशले, “So, what is it?” जेन्नी पनि केहि बेर त चुपचापै रहिन्, मुसु मुसु मुस्काउँदै, प्रेमको पहिलो प्रस्तावको अनुभुतिको लाजले जस्तो। माथीको जुनलाई टोलाएर हेरि रेहेको रमेशको हातमा जेन्नीको हात लाग्यो। रमेश को आङ् सिरिङ्ग, ज्यान जिरिङ्ग भयो, अनि कसरी react गर्नु पर्छ भन्ने कुरा उसलाई आएन। मौन नै रह्यो रमेश। अनि ठुलो सास तानेर जेन्नीले शुरु गरिन्, “Ramesh, we’ve been really good friends for quiet sometime now…ummmm…and I really respect and cherish our friendship…so, whatever I am going to tell you now, I hope it will in no way affect our friendship…ummmm…you know, no matter what happens in later life, I will always wanna have you as a good friend…” “हो नि! केटा र केटीको मित्रतामा प्रेमको कुरा उठे पछि अकसर गरेर मित्रता नै भङ्ग हुन्छ, मैले देखेको छु तेस्तो, नेपालमा पनि। तर जेन्नी तिमीले त डराउनु पर्दैन। प्रेम एकतर्फी भए मात्र तेस्तो हुने सम्भावना हुन्छ। हाम्रो केसमा त, म पनि तिमीलाई रुचाउँछु, हाम्रो सम्बन्धलाई अझ अगाडि बढाउन चाहन्छु, साथी मात्र नभएर हामीलाई प्रेमि-प्रेमिका बनाउन चाहन्छु।" रमेशले मन मनै सोंच्यो। “You don’t have to worry about that, Jenny. I also cherish our friendship a lot, and I was also afraid of losing our friendship, so I never talked about it…” “I really mean it, Ramesh. You are such a wonderful person that I sincerely hope that this will not affect our friendship in any way…” “I understand Jenny. Don’t worry and go ahead, I am ready.” रेमेशको हात अझ जोडले च्याप्प अँठ्यायो जेन्नीले… “Ramesh, I am not straight.” ***समाप्त***
Read Full Discussion Thread for this article