Posted by: Poonte November 30, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
“So, what’s your plan for the Thanks Giving long weekend?,” Thanks Giving भन्दा एक हप्ता जति आगाडि जेन्नीले रमेश सँग सोध्यो। “I don’t know. I don’t have any plans yet. Maybe eat, drink, sleep, and relax. Maybe if you are free we can go out. You know what? You’ve never come to my place, how about I make some MoMos for you?,” म:म: को बारे जेन्नीले धेरै पटक सुनि सकेकी थिईन्, अनि रमेशले पनि यसपालि चईं एउटा खुड्किलो पार गरेर आँट निकालेछ – पहिलो चोटि उसले जेन्नीलाई आफ्नो अपार्टमेन्टमा आउन निम्तो दियो। “Aww! That’s really sweet of you, and some day I will definitely try those MoMos, but I have a better idea if you don’t already have a plan. I have a friend in Ithaca, upstate New York, about 5 hours drive from here. You know, we can stay at her place for free. It’s a really beautiful small town with a lot of lakes and water falls. Niagara Falls is near too, so we can go there. I am sure you havn’t been there yet. What do you think?” रमेशको मुटुमा ढ्याङ्ग्रो ठोक्न थाल्यो। हुन पनि ऊ आएको तीन महिना मात्र भएको थियो, आउने बित्तिकै कलेज शुरु भई हाल्यो, अनि New York शहर बाहेक अन्त कतै घुम्न गएको थिएन। रमेशको मनमा हर्षको सीमा रहेन। ५ घण्टाको ड्राईभ रे, फेरि सुन्दै तेस्तो रोम्यान्टिक ठाऊँ रे, अनि हामी दुई जना मात्रै जाने? अलि अलि लाज लागे जस्तो भए पनि, आन्द्रै खसेर पैताला सम्म पुग्ला झैं गरि पेट भित्र काउकुती लाए पनि, हर्षले उसको मुटु भने छाती नै फोडौंला झैं गरि फुल्लियो। लाजले केहि संकोच जनाए जस्तो गरे पनि, नाई भन्ने त कुरै भएन। “Okay then, it’s all good! We can take my car, and all we’ll have to spend on is gas and food. I will call my friend tonight and tell her we are coming.” त्यो दिन रमेश यति खुशी थियो कि, घर फर्कंदा सब्वे पनि पिलेन बनेर उडे हुन्थ्यो जस्तो लाग्थ्यो उसलाई, कहिले घर पुगेर रुममेटहरुलाई सुनाऊँ यो कुरा भनेर। “ए बा! यो मुलाको भाग्या त साँचिकै हरामी रैछ। हैन, यसले जे खान्छ, तेई खान्छम् हामी पनि, तर हाम्रो भाग्यमा किन तेस्तो नलेखेको? मस्ती गर्ने भो काजीले, ल बधाई छ!” एउटा रुममेटले टिप्पणी ग-यो, रमेशको प्लान सुनेर। अर्को ले ठट्टा ग-यो फेरि, “फेरि छोरै पाएर आउलास् नि, मुला! हामी त राख्दैनौं है यहाँ त्यो रात भर क्वाँ क्वाँ रुने नाबालकलाई, भन्द्या छ नि!” त्यो हप्ता रमेश जत्तिको हर्षित र उत्सुक थियो, जेन्नी पनि तेति नै। रमेशले त Ithaca को बारे रिसर्च पनि गर्न भ्यायो। Cornell University पनि त्यहीं रहेछ। शायद जेन्नीको साथी त्यहीं पढ्ने पो हुन् कि? दिन को ४-५ पटक त म्याप हेरेरै बिताउँथ्यो होला रमेशले। Ithaca, Niagara Falls, Finger Lakes Region को भौगोलिक स्थानको बारेमा मात्र प्रश्न आउने भए त Who Wants To Be a Millionaire मा साँची कै millionaire नै भइ सक्थ्यो होला ऊ। नयाँ hiking shoes, ज्याकेट, पनि किन्न भ्यायो त्यो हप्ता। यसपाली चईं पक्कै आँट गरेर भन्छु पनि, अनि पक्कै केहि हुन्छ भन्ने आशले, जेन्नीको लागी एउटा गिफ्ट पनि किनेछ, पर्फ्यूम् को सेट। क्रमश:
Read Full Discussion Thread for this article