Posted by: Rahuldai November 29, 2006
निश्कर्ष
Login in to Rate this Post:     0       ?        
निश्कर्ष मलाई बिर्सनेहरु यहाँ हजार भए तर तिमी चाँही बिशेष रह्यो मन घाउ चोटका हाटबजार भए तिम्रो चोट मात्र अबशेष रह्यो तिमीले सारा संसार नै बिर्सें पनि तिमीले सबै सँग नाता तोडे पनि "म" लाइ र मेरा कृतिहरु लाइ सँग सँगै बिताएका स्मृतिहरुलाइ मुटु नै अर्कै फेरे मात्र जन्म नै अर्को लिए मात्र तिमीले बिर्सन सक्छौ तिमीले आँखा मोड्न सक्छौ तै पनि तिमीले बिर्सें जस्तो गर्नुको रहस्य आँखा जुध्दा न देखे झैं गर्नुको परिदृष्य मैले रात भरि अनिदो सोचें बिगतलाइ ब्यूंताएर सोधें कुनै स्वीकार्य प्रतिउत्तर आएन कुनै चित्तबुझ्दो कारण भेटिन यसको अर्थ भनुं या निश्कर्ष यसलाइ बिस्मात भनुं या हर्ष हिजो भेट्दाको "तिमी", तिमी नै होइनौ मेरो मनको आँखाले यसम धोका खान सक्दैन य तिमीले यो "मन्" लाइ बिर्सेंकै छैनौ तिम्रो मन यती चाँडै मर्न सक्दैन अस्तु!!!!!!!!!!
Read Full Discussion Thread for this article