Posted by: world_map November 29, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
निशान्त जी र अन्य गाम्ले साथीहरू, सर्वप्रथम त मेरो कुरालाई अल्टिमेटम नसम्झिदिनुहोला। म त अनुरोधसम्म पनि चाहन्नथें। एकै पल्ट धेरै मित्र नयाँ भेषमा आउनु भएकोले र अनौठा कुराहरूले गर्दा पुराना साथीहरूमा अलि अन्यौल जस्तो छाएको कारणले मात्र सानो अनुरोध गर्ने धृष्टता गरेको हुँ। सबैमा आ-आफ्नो कुरा आफ्नै ढंगले राख्ने स्वतन्त्रता छ, यसमा कसैले हस्तक्षेप गर्नु सक्दैन, कोही जुनसुकै भेषमा आउन चाहे पनि कसैले आपत्ति जनाउन सक्दैन। निशान्तजीले त आफ्नै भाषिक पहिचान बनाइसक्नुभएको थियो र यसमा कसैको आपत्ती पनि थिएन, र मैले पनि कसैलाई तोकेर पनि भनेको भने थिइनँ। यदी मैले भनेकै हुँ भने पनि म आफैंलाई भनेको हुँ:P। हुनत सबैलाई त्यस्तो नलाग्ला तर मलाई भने यो एक्कासी बढेको नयाँ भेषहरू यौटा चाड जस्तै लागेको थियो, त्यसैले मैले 'मुखुन्डो जात्रा' को संज्ञा दिएको हुँ। निशान्तजी, कृपया मेरो कुरालाई अन्यथा नलिई चौतारीमा सहभागिता जारी राख्नुभएमा म लगायत सारा गाम्ले खुशी हुने थिए। र अन्तमा, मैले शुक्रबारको कुरा चैं अरू कसैलाई हैन, म आफैंलाई नै भनेको हुँ। म जासूस बनिटोपले पनि वास्तवमा स्वम् यौटा 'मुखुन्डे भूत'पनि हुँ। :P अरू कसैलाई मुखुन्डो त्याग्ने कर छैन, तर म आफैं भने शुक्रवारसम्ममा मेरो मुखुन्डो सार्वजानिक गर्नेछु। :P ल गाम्लेहरू म को हुँला गेस गरम्, सबभन्दा पहिले गेस मिलाउनेलाई पुरस्कारको व्यवस्था छ। ;)
Read Full Discussion Thread for this article