Posted by: Deep November 29, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
“लबेरिया भन्छ यसलाई, बुझिस्, लबेरिया!” भनेर सम्झाउँथ्यो उसलाई उसका रुममेटहरु।" झसङ्ग भे र ब्युझियो रमेस। धन्न सपना रे छ --उस्ले लामो सास् फेर्यो। बुधबार् ब्यानै रमेश् ८:१५ को किलास् थ्यो तर साढेले सातलाइ हान्दा नहान्दै पुग्यो कलेज्। पिउन सम्म नी आ रैन्छ जेनि त कता हो कता। अलि अलि जाडो अलि अलि छट्पटाहट् तेस्मा मिस्सेको यो गरम्ला त्यो भनम्ला जेनीलाइ भन्ने रहरले रमेस्या मुटुमा ढ्याङ्ग्रो ठोकिरा थे। ४ बर्खैमा यता हुइकिएर पनि औँरेजिको १०१ मा के खान जेनि आकि हो रमेश लाइ था त भे न तर चिन्तामणि गुरुको कुरो सम्झ्यो “लेख्या कुरो केइ गरे टर्दैन” – हो रे छ क्यारे --- रमेसले मुसुक्क हाँसेर मन् मनै गुरुलाइ नम्स्ते गर्यो --- गुरुले बनारस् बाट सास्त्री गर्या भन्थे हो रे छ –जेनीलाइ भेटन त लेखेकै रे छ जे होस् भगबान, गम्दै थ्यो --- एउटि जेनि भन्दा राम्री केटीले हाइ भनेर हिन्दि छेउबाटै --- के मीठो बस्ना आउनि केटि रैछे यो त --- यस्ता सङ्ग खाजा खान जाने पाए पो त--- जेनि जस्ता त हम्रा गाम् तिर नि छन् नि --- त्यै हाइ भन्नी गोरी केटि लाइ पर सम्म लेखेट्यो उस्का आखाले --- बिचरा – माइनस् ४ पावरको चस्मा तिर्पुरेस्वर्मा बनाको यता मगो हुन्छ रे भनेर डाँकाले के एइना हाल्देछ पर हेर्यो कि बाङ्गो देखिछ --- तेइ पनि रमेश् हेर्दै थ्यो केटी लाइ –तेस्ती राम्री केटी नै तिर्पट देखियो --- भो अब? मुर्मुरियो रमेश्।
Read Full Discussion Thread for this article