Posted by: Poonte November 29, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
“सालेले मोज गरेछ आज कलेजमा। हामी आएको दुई बर्ष भई सक्यो, कोई केटी पट्टिन त परै जाओस्, बोल्न धरी आ’ छैन, यो कुरुपे कालेको काँ बाट भाग्य चम्केछ। मोज गर, मुला! के को सोंच्नु प-यो नि? खुरुक्क पट्ट्याउनि, कलेज पढुन्जेल लभ गर्नि, अनि कलेज सकेसि मेरो बा-आमाले फोरेन केटी बिहे गरेको मन पराउँदैन भन्दिनि, चटक्क छोडेर सुकुमारी नेपाळि केटी बिहे गर्नि हो!,” रमेशको एकजना रुममेटले उसको त्यो दिनको घटना सुनेर उट्पट्याङ् टिप्पणी गर्न भ्यायो त्यो साँझ। “लाटा मोरा! अझै अबेर भा’ छैन, बुझिस्! बरु ग्रिन कार्डको लागि बिहे गरिदेन। ग्रिन कार्ड हात परे पछि जे पर्ला पर्ला!,” रमेशको तेस्रो रुममेटले थप्यो फेरि। रमेश भने सोझो थियो। “त्यस्तो कुरा नगर्न यार, केटाहरु! कस्तो छे कस्तो छे, हाम्लाई के था’ ऊनी? हेर्दा सरिफ नै थिई। सरिफ लुगा ला’की थिई। सरिफै कुरा गर्थि। साथी बनाउन मात्र खोजेकी होली नि त। त्यो क्लासमा हामी दुईजना मात्र एशियन थिम् के रे, अनि बोल्न आ’की होली…” “त्यो सरिफ लुगा त, यस्सो…” रमेशको रुममेटहरु भने अति छटपटाएका बोकोहरु नै थिए। “ह्या, मुला! जे पायो तेई नभन न अर्काको छोरीलाई। पर्सि भेटि हाल्छु फेरि, अनि कुरा गरि हाल्छु नि! अमेरिका आए पछि पनि नेपाली मात्रै साथी हुनु पर्छ भन्ने छ त? भेट्टाएँ नि त मैले नि एउटा बिदेशी साथी,” रमेशलाई साँची नै बुधबार कहिले आउला भन्ने परि सकेको थियो। “मुला! जे पायो तेई भन्ने भनेकै अर्काकी छोरीलाई त हो नि! आफ्नै छोरीलाई नि कसैले जे पायो तेई भन्छ त?,” बड्वाईजर धुट्काउँदै रमेशको पहिलो रुममेटले मजाकैमा उडायो रमेशको भनाईलाई। राम्री त साह्रै नै हिस्सि परेकी थिईन् रमेशको नजरमा जेन्नी। शायद पहिलो पटक कोई परस्त्रीले त्यसरी लन्च खान जाम् भनेकोले होला, रमेश अलमल्लमा परेको थियो। भित्री मनमा त शायद उसलाई साँची कै मन परेको थियो जेन्नी, तर पहिलो भेटमै केई निश्चित त हुने भएन नै। उसको मुटु भने एक्स्ट्रा चार्ज भा’को झैं गरि उफ्र्यो त्यो रात भरि। बेला बेलामा त के गरुँ कसो गरुँ झैं गरेर मुटु नै सुक्या जस्तो पनि हुने। “जे होगा होगा, नहि होगा तो मकैका घोगा,” भन्ने राजुको फेमस लाईन सम्झेर बल्ल बल्ल सुत्यो रमेश त्यो रात, शायद बिहान पख मात्रै। क्रमश:
Read Full Discussion Thread for this article