Posted by: naveen November 29, 2006
Stll not learnt yet ?
Login in to Rate this Post:     0       ?        
माओवादीद्धारा अपहरित युवकको गोली हानी हत्या इनेपाल न्युज डट कम विशेष प्रतिनिधि इलामवजार । मंसिर १२ गते मंगलवार । सरकार र माओवादी विच हतियार व्यवस्थापनका सम्वन्धमा राजधानीमा व्यापक छलफल भैरहदा माओवादीका कार्यकर्ताहरुद्धारा मंसिर ११ गते जनसेनामा भर्ना गराउन अपहरण गरिएका एक युवकको गोली हानी हत्या गरिएको छ । पाचथर जिल्लावाट माओवादीको जनसेनामा भर्ना गर्न भनि अपहरण गरि लगिएका सुभांग गाविस २ का २१ वर्षीय रमेश खनालको माओवादीका कार्यकर्ताले गोली हानी मारिदिएका छन । यस सम्वन्धमा माओवादीका इलाम जिल्ला इन्चार्ज शुशिलले इनेपालसंग कुरा गर्दै उक्त घटना थ्रि नट थ्रि राइफल अचानक पड्केर आन्तरिक दुर्घटना भएको वताए पनि स्थानीय वासिन्दाका अनुसार सोशिविरमा रहेका एक १३ वर्षीय वालकले राइफलले आन्तरिक विवादका कारण हानेका थिए । यसै विच माओवादीले मृतक रमेश खनाललाई अन्तिम शहिद भन्दै राती २ वजे हेवा खोलामा दाहसंस्कार गरेको समाचार छ भने मृतक खनालका परिवारले रमेशका हत्यारालाई सार्वजनिक गर्न र हत्यारालाई कारवाही गर्न माओवादी शिविरमा दवाव दिइरहेको जनाइएको छ । भने उता मोरङ बाहुनी गाविस-८ स्थित कालीमन्दिर आसपासका बासिन्दाहरुले ज्यान मार्ने धम्की दिएको आरोपमा माओवादी कार्यकर्ताहरु केरौन गाविस-९ का ३० वर्षीय बमबहादुर राजवंशी र दर्बेसा गाविस-३ का भीम कार्कीलाई ०६३ मंसिर १२ गते कुटपिट गरी प्रहरीलाई बुझाएका छन् ।
Read Full Discussion Thread for this article