Posted by: Birkhe_Maila November 29, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
गालबजी दुईवटै कवितालाई मिलाएर गजब गरिदिनुभयो! एउटा गौतमजीले भनेको जस्तो भावपरक निबन्ध जस्तो गन्थन राख्दै छु, मनका खलबलहरु- तिम्रो माया र मेरो बेहोशि- तिम्रो माया र मेरो बेहोशि, संग संगै बढेछन् र संग संगै ओइलाएछन्! मेरो बेहोशिमा, शायद् म थिइन शायद तिम्रो माया थिएन; बस, तिमी थियौ सदैव! कहिले धमिलो! कहिले कन्चन! तिम्रो मायामा, तिमी थियौ, म थिएँ, र थियो मेरो बेहोशि पनि! मेरो बेहोशिले, प्रगाढ, स्वच्छ, अनि पवीत्र तिम्रो माया; कयौँ पटक चोइटिए होलान्!! सुन्दर, निर्मल अनि कोमल तिम्रा आशा; सयौँ पटक पिल्सिए होलान्!! त्यसैले त- आज मेरो होशमा; म छु, ग्लानि छ, जलन छ, चित्कार छ र शायद अलिकता हार छ!! तिमी छौ, प्रहार छ, तिरस्कार छ, शंका छ र शायद अलिकता दोधार छ!!
Read Full Discussion Thread for this article