Posted by: dumer_bhansar November 28, 2006
Joshi & Khadka came clean!
Login in to Rate this Post:     0       ?        
This article by Ojashwi jee is worthy to read. It reflects public sentiment about Girija Prasad Koirala and his protégé’s like Govinda Raj Joshi and Khum Bahadur. DR. http://www.nepalipost.com/nepali/chautari.php?nid=1762 गिरिजाप्रसादको हैसियत ओजश्वी अमेरिका, नोभेम्बर २७ अहिले गिरिजाप्रसाद कोइरालाका कार्यकर्ताहरु गिरिजाप्रसाद कोइरालाले देशलाई सही दिशातिर हांकेका, आन्दोलनका नायकै उनै हुन्, गिरिजाप्रसाद कोइराला नभएको भए देश शान्तिको दिशामा जाने थिएन, जस्ता अनेकौं कुराहरुका चर्चा राखेर कोइरालाको स्तुती गानका लेख रचनाहरु सरकारी संचारमाध्यम तथा अन्य संचारमाध्यमहरुमा प्रशस्त पढ्न पाइन्छ । प्रजातन्त्रलाई संस्थागत रुपमा विकास गर्न नदिनुमा पनि गिरिजाप्रसादको सबैभन्दा ठूलो हात छ भन्ने कुरालाई उनीहरु कसैले लेख्न चाहंदैनन् किनकी गिरिजाप्रसादको भक्ति गान गाएमा अहिले लाभ आर्जन गर्न सकिन्छ भन्ने उनीहरुलाई थाहा छ । सत्ताका भोकाहरुका लागि जुन सत्ता आउंछ त्यही सत्ताको चाकढी गर्ने परम्परा कुनै नौलो होइन । हिजो राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएपछि जी शाह तथा ज्ञानेन्द्रका रचनामाथि तारानाथ शर्माले स्तुति गाएको होस् वा दर्ुगानाथ शर्मा, नरेन्द्रराज प्रर्साईं, रवीन्द्र चक्रवर्ती, निमकान्त पाण्डे, लगायतका चाटुकार लेखकहरुको कमी भएन । त्यस्तै तुल्सी गिरी तथा भरतकेशरहरुको जय गाउनेहरुको पनि कमी भएन । आज आएर जनआन्दोलनका महान नायक भन्दै गिरिजाप्रसाद कोइरालाका नाममा दिनहुं हण्डी बजाउने कार्यकर्ता पत्रकारहरुको पनि कमी छैन । हिजो केही व्यक्तिहरु थिए जसले शेरबहादुरलाई महान नेता देखे । गिरिजाप्रसाद मण्डलीले गरेको पार्टर्ीीवभाजन, पदीय भ्रष्टचार, नातावाद कृपावाद, घुसखोरीलाई बढावा दिने कामको निरन्तरता आज पनि उत्तिकै छ जसको ज्वलन्त उदाहरण हो हालै नेपाली कांग्रेसका दर्ुइ तथाकथित भ्रष्टहरुले सम्बन्धित न्यायपालिकाबाटै भ्रष्टचारीको पगरीबाट सफाय दिलाइनु । हिजोका गोविन्दराज, खुमबहादुर तथा विजय गच्छेदारहरुको हैसियत के थियो आज कुन अवस्थामा छ त्यो उनीहरुलाई नजिकबाट चिन्नेहरुले मात्र हैन टाडाबाट चिन्नेहरुले पनि राम्रोसंग जान्दछन् । त्यस्ता व्यक्तिहरुले कमाएको धनलाई सेतो धन बनाउने काम गिरिजा मण्डलीले नै गरेका हुन् भन्दा कुनै फरक पर्दैन । नेपाली कांग्रेस यस्तो राजनीतिक दल हो जहां भ्रष्टचारीहरुको सम्मान हुन्छ । तर त्यो पार्टर्ीी रहेका सच्चा राजनीतिककर्मीहरुलाई पार्टर्ीीध्यक्ष स्वय्मले अपमान गर्ने गरेका छन् । त्यसको ज्वलन्त उदाहरण गिरिजाप्रसाद कोइरालले नाती कार्यकर्ता गगन थापालाई दरवारको एजेन्ट देख्नु अनि लोकतन्त्रको वकालत गर्दै हिडेका नरहरि आचार्यमाथि लान्छना लगाएको धेरै भएको छैन । तिनै महान नेताले आखिर लोकतन्त्रका लागि जनमत सृजना गर्दै गाउं गाउं हिडेका आफ्ना कार्यकर्ताहरुलाई आफ्नो विरोधी देख्नु कुन महानता हो ? मुलुकबासीहरु पर्ूण्ा राजतन्त्रको विरोधमा उत्रिरहंदा पनि राजतन्त्रको सिनो अझै पनि गिरिजाप्रसादले बोकेरै हिड्ने प्रयत्न गरिरहेका छन् । उनी राजतन्त्रका बारेमा स्पष्ट हुन नसक्नु भनेकै उनलाई सेरोमोनियल राजतन्त्रको धङधगींले छाडेको छैन । नारायणहिटी दरवार हत्या काण्डको ग्रयाण्ड डिजाइनको पोल खोल्छु भन्दै दरवारलाई तर्सर्ााे तिनै गिरिजाप्रसाद कोइराला हुन् जसले समय समयमा दरवारभक्तिका गीत गाउंदै आएका छन् । अहिले पनि माओवादी र अन्य आन्दोलनकारी राजनीतिक दलहरुले गिरिजाप्रसाद कोइरालालाई आम नेपालीको नेतृत्व गरेर सरकार चलाउने जिम्मा दिएका हुन न कि एउटा पार्टर्ीीे सभापतिका हैसियतले । तर उनले ती कुराहरुलाई सत्तामा पुगेपछि विर्सिएर आफू कांग्रेस दलकै हैसियतले प्रधानमन्त्री बनाइएको भन्ने भानमा उनी जे जस्ता करतुत पनि गर्न पछि परेका छैनन् । मुलुकबासीले अझै पनि राजनेतामा हुनुपर्ने गुण कुनै नेतामा पाउन नसकेका कारण देशबासीले अझै कति कष्ट सहनुपर्ने हो हर्ेन बांकी छ । कोही नेपाली कांग्रेसका मात्र नेता कोही एमालेका मात्र नेता कोही माओवादीका मात्र नेता अहिलेसम्म देखा परेका छन् तर यिनीहरु सबैभन्दा माथि त्याग तपस्या र बलिदानका लागि तत्पर हुने कुनै पनि नेता जन्मनु नसक्नु हाम्रा लागि बिडम्वना बन्न पुगेको छ । जुनसुकै पार्टर्ीीे नेता भएपनि त्यसलाई आम जनताले मानेपछि उसले आम नेपाली जनताको भावनालाई बुझ्न सक्नर्ुपर्छ त्यो बुझ्न गिरिजाप्रसाद कोइरालाले सकेनन् । उनी तिनै आहुरे बाहुरेका लागि मात्र महान् बने । इतिहास साक्षी छ । गिरिजाप्रसाद कोइरालाले २०४६ सालपछि देशमा सत्ताको बागडोर आफ्नो हातमा आएपछि आफ्ना कुरा नमान्नेहरुलाई पार्टर्ीीटै कसरी लात हाने त्यो सायद बृद्ध कृष्णप्रसाद भट्टर्राईले आफ्नो मृत्य अघि पीडा पोख्ने छन् । कांग्रेस यस्तो पार्टर्ीीनेको छ अब त्यहां फेरी बेइमानी र धर्ुतहरुको बोलबाला बढ्ने छ । खुमबहादुर र गोविन्दराजहरुलाई मन्त्रि बनाइने छ । त्यही बनाउने शुरसारमा उनीहरुलाई सफाइ दिइएको पक्का छ । यस्ता भ्रष्टहरुको भिडतन्त्रलाई नियन्त्रण गर्न चाहेर पनि कसैले सक्दैन । यसैले जसले आफ्नो अगाडि भीड मात्र देख्दछ त्यो भीडभित्रको कुतत्वलाई समाल्न सक्दैन भने त्यो नेताले मुलुक हांक्न सक्दैन र त्यस्तो नेताले आफूलाई अप्रिmकाको नेल्सन मण्डेला वा वर्माकी आङसाङसूकी जस्तो ठान्दै हिड्न पनि मिल्दैन । त्यतिमात्र हैन सरकारी सुविधामा कुनै बञ्चित नहुंदै पनि प्रधानमन्त्री जस्तो पदमा रहेको व्यक्ति सानातिना कुरामा समेत लोभ लालचमा फस्छ भने त्यस्ता व्यक्तिबाट आम नेपालीले के आशा राख्ने ? अब प्रश्न आउंछ नेताहरु पारदर्शी हुने कि नहुने अनि आफूलाई जनताका अगाडि सुधार्ने कि नसुधार्ने ? आन्दोलन गर्ने भनेको खाली आफू सुविधा सम्पन्न हुनकै लागि मात्र हो भन्ने बुझ्ने आम नागरिकहरुले - यो कस्तो सन्देश दिन खोजिरहेका छन् हाम्रा नेताहरु ? अब रह्यो, निश्चित उद्देश्य पूरा गर्नका लागि वा मुलुकमा पर्ूण्ा रुपेण लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि एक भएर संविधान सभाको निर्वाचन गराउने र देशभित्र नियमकानुनको दायरालाई मजबुत बनाउन सक्ने हो भने आम नेपालीहरुलाई दलहरु जतिसुकै भए पनि कुनै फरक पर्दैन किनकी नियम र कानुनको बर्खिलापमा कोही पनि जान नसक्ने हो भने त्यो मुलुकले आफ्नो मुहार फर्ेन कुनै सताब्दी कर्ुर्नु पर्दैन । यर्सथ हिजोका तीता मिठा सबै कुराहरु बिर्सर्ेेराजतन्त्रको अन्त्यका लागि आम आन्दोलनकर्मी राजनीतिक दलहरु एक भएर २ सय ३७ वर्षेखि आफ्नो रजाईं गर्दै आएको राजतन्त्रलाई निर्मूल नपारेसम्म हामी नेपालीहरु रैतिबाट नागरिक कुनै हालतमा पनि बन्न सक्ने छैनौ यो कुराको सबै राजनीतिककर्मीहरु तथा राजनीत्रि्रति रुची राख्नेहरुमा चेतना आउनु जरुरी छ । स्रोत : मेरोसंसार
Read Full Discussion Thread for this article