Posted by: world_map November 27, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
नमस्ते है गाम्लेहरू!! हिजोको चुनाव चैं गज्जबको भो :) मैले त धेरै पहिले देखि नै जिम्माल बूढालाई शंका गरेको, उनैले जितेछन् :) मैले शंका गर्नुका कारणहरू:- १) निशे आउनु भन्दा पहिले एक दिन उनले भन्दै थिए, ' म बूढोलाई त शहरको कथामा सुहाउँदो भूमिका नै छैन, के बोल्ने?' मलाई यै बेला शंका भैसक्या थियो कि बूढाले केही गर्लान् कि भनेर. २) निशे र जिम्माल बूढाको पोस्ट गर्नै टाईमिङ् ठ्याक्क मिल्ने. विकेन्डमा जुनसुकै समयमा नि गर्ने, अरू दिनमा अफिस ट्याममा नगर्ने. ३) अरूको भाषा नक्कल गर्न जिम्माल बा खप्पीस छन्, मलाई त शंकै छ कि जिम्माल बाको ईस्टाइल पनि उनको ओरिजिन हो कि हैन. ४) मैले अस्ति पहिलो पल्ट गेस गर्दा हतार हतार मलाइ नै दोष लाएको.(चोरको खुट्टा काट् :P ) अरू पनि होलान् प्वाइन्ट, संझिएँ भने लेख्छु, अहिले अलि व्यस्त छु. यी बूँदाहरू अस्ति नै लेख्छु भन्दै थिएँ, समयाभावले लेख्न नभ्याएको. ठूली, के छ हालखबर? विकेन्ड कस्तो भो? :)
Read Full Discussion Thread for this article