Posted by: aman November 25, 2006
Yee Chor Danka le Desh Banayako Banayai Ho
Login in to Rate this Post:     0       ?        
प्रधानमन्त्रीदेखि प्रचण्डसम्मले गाडीको अनधिकृत प्रयोग बलराम बानियाँ/विकास थापा काठमाडौं, मंसिर ८ - प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालादेखि माओवादी अध्यक्ष प्रचण्डसम्मले सरकारी, व्यापारिक घराना र निजी गाडी अनधिकृत रूपमा प्रयोग गरिरहेका छन् । अनधिकृत गाडी प्रयोग गर्नेमा विभिन्न दलका नेताहरू र उच्च पदस्थ कर्मचारीसमेत छन् । धेरै योजना भएका विभाग र विद्युुत् प्राधिकरणका उच्च पदस्थ कर्मचारी नै चाकरीस्वरूप गाडी दुुरुपयोग गर्न उत्प्रेरित गर्ने काममा लाग्ने गरेको स्रोतले उल्लेख गरेको छ । स्रोतका अनुुसार जनआन्दोलन-२ को बलमा कोइराला प्रधानमन्त्री भएलगत्तै प्राधिकरणका कर्मचारीले उनलाई विलासी प्राडो पुुर्‍याएका थिए । उनले चढेको गाडी नं. १६०२ हो । प्रधानमन्त्रीले प्राधिकरणको मात्र होइन मेलम्ची खानेपानी आयोजनाको गाडी पनि लगेका छन् । सरकारीलाई बा४च ६६६१ रातो नम्बर प्लेटको निजी बनाइएको छ । यस्तो निजी बनाउन गृह मन्त्रालयले अनुुमति दिएको हो । प्रधानमन्त्रीलाई सरकारी सुुविधामै दुुई गाडी उपलब्ध हुुन्छ । उनले ०५३ मा सांसद सुुविधाको कर छुुटमा पजेरो गाडीसमेत लिएका छन् । त्यस्तो सुुविधा लिने व्यक्तिले सार्वजनिक पदमा रहँदा इन्धन सुुविधा लिए पनि सरकारी गाडी सुुविधा लिन नैतिक रूपमा मिल्दैन । प्रधानमन्त्रीले मेलम्चीको अर्को गाडीसमेत लगेका छन् । प्रधानमन्त्रीको नाममा लगिएका ती गाडी कांग्रेसका वा परिवारका क-कसले चढिरहेका छन्, सम्बन्धित निकायलाई थाहा छैन । प्रधानमन्त्रीले घरेलुु तथा साना उद्योग विकास बैंकबाट तत्कालीन अध्यक्ष सीताराम प्रसाईंले दिलाएको गाडी पनि प्रयोग गरेको खुुल्न आएको छ । प्रसाईंले ०४८ सालमै चुनावका बेला पारी कोइरालालाई उक्त गाडी दिएका थिए । राष्ट्र बैंकले घरेलुु बैंकमा छँदा प्रसाईंले सर्वसाधारण र राज्यको करोडौं ढुुकुुटी डुुबाएको आरोप लगाएपछि उनी तीन महिनादेखि 'फरार' छन् । कोरिया एयरले पहिलोपटक नेपालमा गरेको उडानबाट आएका पर्यटकको सार्वजनिक स्वागत कार्यक्रममा युुनिभर्सल ट्राभल्सका प्रमुुखका नाताले प्रसाईं अतिथिका रूपमा उपस्थित भए पनि पक्राउ परेनन् । यस्तै, राष्ट्रिय जनशक्ति पार्टी अध्यक्ष सूर्यबहादुुर थापाले पनि तीन वर्षदेखि मेलम्चीकै ल्यान्डत्र'mुजर चढिरहेका छन् । मेलम्चीको सरकारी नम्बर प्लेट बा१झ ६६०७ लाई उनले अनधिकृत रूपमा रातो नम्बर प्लेट बा४च ८८७५ बनाएका छन् । मेलम्चीको अनुुमतिबिना पदीय प्रभावमा पारेर थापाले उक्त गाडी लगेका हुुन् । उक्त गाडीको मोल भन्सारबिना पनि न्यूनतम ५० लाख रुपैयाँ पर्छ । उनी सांसद सुुविधामा गाडी लिने व्यक्ति पनि हुुन् । मेलम्चीको गाडी दुुरुपयोग गर्नेमा भौतिक योजना तथा निर्माणमन्त्री गोपालमान श्रेष्ठ झन् अगाडि छन् । उनले मन्त्रीका हैसियतले सरकारी सुुविधाका गाडीका अतिरिक्त पदीय प्रभावमा पारी बा१झ ५७६६ र ६६०४ नं. को महँगो गाडी लगेका छन् । स्राेतका अनुुसार श्रेष्ठले सडक विभागको ५३०६ नम्बरको थोत्रो गाडी मेलम्चीलाई दिएर नयाँ लिएका हुुन् । विशिष्ट व्यक्तिले मात्र होइन प्रहरीको सानो इकाईले समेत मेलम्चीको गाडी दुुरुपयोग गरिरहेको छ । वडा प्रहरी कार्यालय सिंहदरबारले उसको ६६६४ नम्बरको पिक अप भ्यान प्रयोग गरिरहेको छ । मेलम्चीले उक्त गाडी फिर्ता गर्न ६ पटकभन्दा बढी पत्राचार गरिसके पनि प्रहरीले वास्ता गरिरहेको छैन । प्राधिकरणको गाडी दुुरुपयोग गर्नेमा अर्का नेता कांग्रेस -प्रजातान्त्रिक) का सभापति शेरबहादुुर देउवाको नाम पनि जोडिएको छ । उनले लोकतन्त्र पुुनःबहालीलगत्तै प्राधिकरणको ८४१४ नं. को पजेरो लगेका छन् । गाडी दुुरुपयोग गरेको नदेखियोस् भनेर उनले प्राधिकरणको पहेंलो प्लेटलाई अनधिकृत रूपमा निजी गाडीको जस्तो रातो प्लेट बनाएका छन् । देउवा हाल सरकारी गाडी उपयोग गर्ने पदीय हैसियतमा छैनन् । तर पार्टीका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुुर कार्कीले आफू जलस्राेत राज्यमन्त्री भएपछि मातहत निकाय प्राधिकरणबाट देउवालाई गाडी उपलब्ध गराएका हुुन् । देउवाले लगेको गाडीको सम्पूर्ण मर्मत तथा इन्धन खर्चसमेत प्राधिकरणले बेहोर्दै आएको छ । देउवासँग सांसद सुुविधामा लिएको पजेरो पनि छ । कार्कीले प्राधिकरणबाट सभापतिलाई मात्र गाडी दिएका छैनन्, आफूले समेत ४४४९ नं. को प्राडो अनधिकृत रूपमा लिएका छन् । जबकि राज्यमन्त्रीलाई सम्बन्धित मन्त्रालयबाटै सुुविधाको गाडी उपलब्ध छ । नियमानुुसार मर्मत र इन्धन खर्च सम्बद्ध मन्त्रालयबाट लिनुुपर्नेमा कार्कीले प्राधिकरणबाट समेत त्यस्तो खालको सुुविधा नियमित रूपमा लिइरहेको स्राेतले बतायो । जलस्राेत राज्यमन्त्रीले मात्र होइन सचिव टीकादत्त निरौलाले समेत प्राधिकरणको गाडी दुुरुपयोग गरिरहेका छन् । उनले मध्यमस्र्याङ्दी जलविद्युुत् परियोजनाका लागि झिकाइएको १५१२ नम्बरको गाडी अनधिकृत रूपमा प्रयोग गरिरहेका छन् । उनलाई पनि सचिवको हैसियतमा मन्त्रालयबाटै गाडी उपलब्ध छ । एमाले महासचिव माधवकुुमार नेपालले मनमोहन स्मृति प्रतिष्ठानलाई श्री डिस्टि्रलरीका मालिक मथुुराप्रसाद मास्केले दिएको गाडी पाँच वर्षदेखि चढदै आएका छन् । महासचिव नेपाल प्रतिष्ठानका संरक्षक हुुन् । २०६१ भदौमा राजस्व अनुुसन्धान विभागले डिस्टिलरीले नक्कली स्टिकर प्रयोग गरी १ अर्ब रुपैयाँ राजस्व छलेकामा छानबिन सुुरु गरेपछि मास्के फरार छन् । प्रतिष्ठानमार्फत एमालेलाई गाडी उपलब्ध गराएकोमा मास्केले माघ १९ अघिको तत्कालीन देउवा सरकारमा संलग्न एमालेसित गोप्य रूपमा आफूलाई संरक्ष्ाण गर्न आग्रह गरेका थिए । उता माओवादी अध्यक्ष प्रचण्ड र नेता डा. बाबुुराम भट्टराईले बूढानीलकण्ठका व्यवसायी राजुु श्रेष्ठको निसान गाडी जबर्जस्ती कब्जामा लिएर प्रयोग गरिरहेका छन् । निसान पेट्रोल बा५च १८१७ नम्बरको ल्यान्डत्र'mुजरलाई नेताद्वयले नम्बर फेरिफेरि चढ्ने गरेका छन् । श्रेेष्ठलाई चरम यातना दिई माओवादीले उक्त गाडी लुुटेर लगेका थिए । दुुरुपयोग रोक्नुुपर्ने अख्तियार दुुरुपयोग अनुुसन्धान आयोग स्वयं पनि गाडी दुुरुपयोगमा अगाडि छ । उसले प्राधिकरणको गाडी नम्बर प्लेट परिवर्तन गरेर अनधिकृत प्रयोग गरिरहेको छ । परिवर्तित नम्बर प्राधिकरणलाई समेत थाहा छैन । प्राधिकरणकै १२३८ र १२६५ नं. को दुुईवटा गाडी शाही संकटकालदेखि नेपाल प्रहरीले लगेको अझै फिर्ता भएको छैन । प्राधिकरणका ७ सय ७९ गाडीमध्ये १९ वटा कसले उपयोग गरिरहेको छ, प्राधिकरणलाई नै थाहा छैन । प्राधिकरणले आपmना गाडीबारे छानबिन गर्न गठन गरेको समितिका अनुुसार गाडी मर्मत र इन्धन खर्चका नाममा वाषिर्क तीन करोड रुपैयाँभन्दा बढीको दुुरुपयोग हुुने गरेको छ । उपप्रधानमन्त्री केपी ओली, अर्थमन्त्री डा. रामशरण महत, उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्री हृदयेश त्रिपाठीले सांसद सुुविधामा गाडी लिए पनि सरकारी गाडी उपयोग गरिरहेका छन् । सुुविधामा गाडी लिएकाले इन्धन सुुविधा लिन मिले पनि सरकारी गाडी लिन नैतिक रूपमा मिल्दैन । पूर्वस्थानीय विकासमन्त्री एवं कांग्रेस महामन्त्री रामचन्द्र पौडेलका गाडी चालकको तलब काठमाडौं महानगरपालिकाले तिरिदिँदै आएको छ । उनका चालक महानगरका कर्मचारी हुुन् । पौडेल अहिले शान्ति समितिको संयोजकको हैसियतमा अर्को सरकारी गाडी चढ्छन्, चालक भने तिनै महानगरका छन् । कोसँग कति गाडी ? प्रधानमन्त्री कोइराला - सुुविधाका गाडी २ - विद्युुत् प्राधिकरणको प्राडो १ - मेलम्ची आयोजनाको गाडी २ - सांसद सुुविधाको पजेरो १ - सीताराम प्रसाईंले बैंकबाट दिलाएको गाडी १ माओवादी अध्यक्ष प्रचण्ड - जबर्जस्ती कब्जामा लिइएको व्यवसायीको निसान ल्यान्डक्रुुजर १ -बा५च १८१७ लाई नम्बर फेरिफेरि प्रयोग) एमाले महासचिव नेपाल - सांसद सुुविधाको पजेरो १ - मनमोहन स्मृति प्रतिष्ठानको गाडी १ शेरबहादुुर देउवा - सांसद सुुविधाको पजेरो १ - विद्युुत् प्राधिकरणको गाडी १ सूर्यबहादुुर थापा - मेलम्चीको ल्यान्डक्रुुजर १ - सांसद सुुविधाको पजेरो १ मन्त्री गोपालमान श्रेष्ठ - सुुविधाको गाडी १ - मेलम्चीको गाडी २ राज्यमन्त्री ज्ञानेन्द्रबहादुुर कार्की - सुुविधाको गाडी १ - प्राधिकरणको प्राडो १ जलस्रोत सचिव टीकादत्त निरौला - सुुविधाको गाडी १ - मध्यमस्र्याङ्दीको गाडी १
Read Full Discussion Thread for this article