Posted by: Birkhe_Maila November 20, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
धन्यवाद गोगोलजी! 'नेपाल एकदिन फर्कन्छु' मन पराईदिनुभएकोमा! ************************************ मैले धेरै पहिला एउटा कविता लेखेको थिएँ। त्यतिबेला कतै राख्ने ठाउँ पाएको थिइन र पछि साझामा आउन थालेपछि राख्ने मौका पनि पाईन। अहिले त्यति relevant नहोला तर पनि कविता भनेर लेखेको नयाँ कुनै छैन त्यहि भने नि राख्न मन लाग्यो। सिंहदरवार- अनामनगरको बलिस्टामा अडेस लागेर, २००७ साल अघिको भोजनको झुसिलो डकार छोड्दै, नजर अगाडिको शहिदगेटलाई जिस्क्याउँदै, मैला, थोत्रा र कुहिएका वफादार घरपालुवाहरुलाई, २००७ साल अघिकै चाँदिको थालिमा मासु-भात टक्र्याउँदै, कर्णधार पालुवाहरुलाई पलाउनु भन्दा अघिनै टुक्र्याउँदै, बर्षौँ हरियाली नदेखेका ‘गाई’ हरुलाई, २०४६ साल पछि काटिएको सेउलाको भारिको कथा कथेर, पहेँला सुख्खा पराल पनि नपस्कने, उत्तर-पश्चिमतिरको मुखियाको मुख्य गोठालाहरुको, बाघचाल खेल्ने बाह्रमासे पाटि बनेको छ; कयौँ फुटेका नाथ्रिहरुले सिंचिएको सयौँ मक्किएका हाडहरुले ठडिएको जर्जर! खण्डहर! पाखण्डी! सिंहदरवार!!
Read Full Discussion Thread for this article