Posted by: Gautam B. November 20, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
मेरो देउरालीजी, गोगोलजी, npl2usजी, raidilipजी र RSVPजी, कविताको देशमा स्वागत छ मेरो तर्फबाट पनि। र आफ्ना भावनाहरुलाई कविताको रुप दिएर हामीलाई पनि पढ्ने मौका दिनुहुनेछ भन्ने आशा पनि गर्दछु। मेरो देउरालीजी, तपाईँको विचार एकदम सहि हो। मेरो आशय पनि त्यहिनै हो, शब्द संयोजनमात्रै अलि फरक परेको हो। गोगोलजीको नामले एकजना पुराना रसियन कवि निकोलाइ गोगोलको याद आयो। हुनत मैले गोगोलको कृति पढ्ने मौका पाएको छैन अहिलेसम्म तर उनको बारेमा यदाकदा पढेको छु। तपाईँको यो साझा उपनाम पनि कतै तिनै निकोलाई गोगोलबाटै प्रभावित त हैन? ********************************************************************* कविताको देशको यात्रालाई निरन्तरता दिईरहनुभएकोमा बिर्खे जिम्माल र जासूस केटालाई धेरै धेरै धन्यबाद। जासूस केटाको कविताको भाव एकदम राम्रो छ। देश र समाजलाई खोक्रो पारेर चुस्ने कथित सभ्यहरुभन्दा त बेश्यानै महान हो।
Read Full Discussion Thread for this article