Posted by: Ignitor November 19, 2006
What Prachanda said at Delhi Summit? watch a video clip
Login in to Rate this Post:     0       ?        
प्रचण्ड जनता दल -युनाइटेड) का अध्यक्ष शरद यादवले आयोजना गरेको दिवाभोज र राष्ट्रवादी कंग्रेसद्वारा आयोजित अन्तक्रिर्यामा सहभागी भए । दिवाभोजमै पूर्वप्रधानमन्त्रीहरू सिंह र गुजरालसँग माओवादी नेताहरूले वार्ता गरेका हुन् । सिंह र गुजरालले माओवादी आन्दोलन र प्रचण्डको प्रशंसा गर्दै संसारलाई क्रान्तिको नयाँ बाटो देखाएकामा धन्यवाद दिए । चन्द्रशेखरसँग उनकै निवासमा भेट भएको थियो । सिंहले माओवादीले सत्तामा मात्र परिवर्तन ल्याएको नभई इतिहास र जनताको जीवनमै परिवर्तन ल्याएको बताए । 'मलाई प्रचण्डसँग भेट्ने अवसर प्राप्त भयो । असाध्यै खुसी भएँ,' उनले भने- 'जनताको जीवनमा परिवर्तन ल्याउन तपाईंहरू सफल हुनुहोस् ।' गुजरालले परिवर्तनका लागि प्रचण्डलाई बधाई दिँदै जनआन्दोलन-२ बाट क्रान्तिको प्रत्यक्ष अनुभव गर्न पाएको बताए । 'मैले क्रान्तिलाई इतिहासमा पढेको थिएँ तर तपाईंहरूले गरेर देखाइदिनुभयो,' उनले भने- 'त्यो हेर्न पाएँ । म तपाईंहरूलाई यसका लागि धन्यवाद दिन चाहन्छु ।' उनले माओवादीसँगै राजालाई पनि धन्यवाद दिए । 'राजाको यति कम बुद्धि नभएको भए आन्दोलन सफल हुने थिएन,' उनको भनाइ थियो- 'त्यसलै राजालाई पनि धन्यवाद दिन चाहन्छु ।' दिवाभोजअघि करिब दर्जन नेताले उनीहरूलाई स्वागत गरेका थिए । सहभागी सबै नेता र बुद्धिजीवीहरूले माओवादी नेताहरूको प्रशंसा गरे । प्रशंसापछि प्रचण्ड विगत कोट्याउँदै भावुक बनेका थिए । भारतमा आफूले बिताएको भूमिगत जीवन र त्यतिबेला सघाउने भारतीय जनतालाई सम्झँदा उनको गला अवरुद्ध भएको थियो । आँखा रसाएका थिए । 'तपाईंहरूबाट यत्रो स्वागत सत्कार पाउँदा यो सपना हो वा विपनाजस्तो भएको छ,' उनले भने- 'दस वर्ष आन्दोलनमा रहँदा भारतीय जनतासँग यस्तो भावनात्मक सम्बन्ध स्थापित भएछ । म ती भारतीय जनतालाई भेट्न चाहन्छु जहाँ म गएर बसेको थिएँ, सेल्टर लिएको थिएँ ।' खुला रूपमा भारत आउन पाउँदा उत्साहित भएको उनले दोहोर्‍याए । भने- 'मसँग त्यो व्यक्त गर्ने शब्द छैन ।' - http://www.kantipuronline.com/kolnepalinews.php?&nid=92002
Read Full Discussion Thread for this article