Posted by: himaliketo November 18, 2006
फेरी घर को याद आयो.....Home Poem
Login in to Rate this Post:     0       ?        
फेरी घर को याद आयो काठे पुल तर्दै धुलौटे माटो मा खेल्न मन लाग्यो घासे चौर मा उफ्रदै बगर् बगर् दौडन मन लाग्यो बाक्लिदै गयेको मेरो गाउ ,पातलीदै गयेको परिवार भेट्न मन लाग्यो फुल्दै गयेको मेरि आमा को कालो कपाल केलाउन मन लाग्यो यसपटक फेरि घर को याद आयो कुडे मा जमेको तर झिकिझिकि खान मन लाग्यो यकै छिन घर गोठ को स्याहर सम्भार् गर्न मन लाग्यो गाइ बाख्रा को म्या म्या बा बा सुन्न मन लाग्यो फैलिदै गयेको शान्ती र बाटो हेरि बसेको हरुलाइभेट्न मन लग्यो यस पटक फेरी घर को याद आयो, हात खुट्टा हिलो मैलो बनाउन मन लाग्यो अलीकती पसीना मेरो माटो मा चुहाउन मन लाग्यो यकै छिन भये पनि मेरै गीतमा नाच्न मान लग्यो, कमजोर बन्दै गयेको मेरो बा को आखा को दीर्श्य बन्न मन लाग्यो यस पटक फेरि घर को याद आयो उकाली ओराली चड्दै बनको काडा बीजाउन मन लाग्यो को हो को हो गर्दै गीत गाउने कोएली लाइ जिस्काउन मन लाग्यो छाना भरि रमायेका परेवालाइ भुर्‍र् उडौन मन लाग्यो पीर्कामा बसेर मीलीजुली तातो भात खान मन लाग्यो यस पटक फेरि गाउ को याद आयो आज कसैको मेलो मा जान मन लाग्यो पालाको पैचो तीर्न मन लाग्यो पर्खी बसेकी मेरीउनी लाइ पछाडि बाट आखा छोपन मन लाग्यो बिर्सदै गयेका हरुलाइ सम्झ्दै गाउ पुग्न मन लाग्यो छुन मन लाग्यो, पसिनाले निधार धुन मन लाग्यो, जुन सगै एकै छीन खेल्न मन लाग्यो यस पटक फेरीघरको याद आयो
Read Full Discussion Thread for this article