Posted by: world_map November 18, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
ग्वाँचेको कथा गज्जबको लाग्यो। यहाँ सबैका प्रस्तुति शैली भिन्ना भिन्नै र रमाईला छन्, चौतारीको बिशेषता पनि यही नै हो। मलाई पनि निशान्त, हितेश र समिधा real name भएकोले अलि असजिलो लाग्ने गरेको थियो, बाँकि हाम्रा नामहरू त काल्पनिक हुन् भनेर थाहा भएकै कुरा हो। रातामकैलाइ स्वागतम् चौतारीमा, जिम्माल बूढाले न्वारन गरेपछि मास्टर्नी दिदीले रोल नं दिनु हुन्छ, त्यसको लागि कृपया तपाई पनि बिरामी (patient) भएर बसिदिनुहोला। यामे चैं चौतारीको तथ्याङ्क मास्टर हो कि क्या हो, ठूलै स्ट्याटिस्टिकल चार्ट तयार पारेछ, धन्यवाद यसको लागि। तितौरीले लेखेको 'छि त्यो त मैले सिंगान पुछेर फ्याँकेको रूमाल हो।' भन्ने डाईलग चैं अत्ति नै धमाकादार भो, अत्ति नि हाँसियो। अरू नि लेख्दै गर है!
Read Full Discussion Thread for this article