Posted by: dumer_bhansar November 18, 2006
Govinda Joshi Lai Pani Sisno
Login in to Rate this Post:     0       ?        
I am glad people are doing something about these corrupt! Nepali Post http://nepalipost.com/nepali/samachar.php?nid=1684 भ्रष्टाचारीलाई सिस्नुपानीले सम्मान गर्ने काठमाडौ, नोभेम्बर १८ २०५५ सालमा स्थापित भई हास्यव्यङ्ग्यसम्बन्धी र्सार्थक प्रस्तुतिमा सक्रिय रहँदै आएको सिस्नुपानी नेपालको दोस्रो बृहत् साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभाले लक्ष्मण गाम्नागेको अध्यक्षतामा गठित १३ सदस्यीय कार्य समितिको प्रथम वैठकले मङ्गलबार बेलुकी चार बजे खुमबहादुर खड्का, गोविन्दराज जोशी र विशेष अदालतको विशेष सम्मानमा अभिनन्दन र्‍यालीको आयोजना गर्ने निर्ण्र्ाागरेको छ । करोडौँ भ्रष्टाचार गरी अकूत सम्पत्ति जोडेको आरोपमा लामो समय मुद्धा चलाएर भर्खरै मात्र विशेष अदालतले सफाइ दिएको थियो । अभिनन्दन जुलुस खुल्लामञ्चबाट आरम्भ हुने बताइएको छ । शनिवार सम्पन्न साभारण सभाले अध्यक्षमा लक्ष्मण गाम्नागे, उपाध्यक्षमा क्रमशः गोविन्दबाबु तिवारी, धीरेन्द्र प्रेमषिर् र मनोज गजुरेल, महासचिवमा टङ्क आचार्य, सचिवमा हरिकला उप्रेती र कोषाध्यक्षमा माणिकरत्न शाक्यलाई निर्वाचित गरेको छ । कार्यसमितिका सदस्यहरूमा अर्जुन पराजुली, थरेन्द्र बराल, देवी घिमिरे, सपन घिमिरे, लक्ष्मण लम्साल, र चक्रपाणी दवाडी निवार्चित भएका छन् । सभाले डा. माधव पोख्रेल, चट्याङ मास्टर, नरनाथ लुइँटेल, विष्णु प्रभात, श्रीधर खनाल, शुष्मा आचार्य, जयराम शर्मा रहेको सल्लाहकार समिति समेत निर्वाचित गरेको छ । सभामा लक्ष्मण गाम्नागेद्वारा सङ्गठनात्मक प्रतिवेदन र हरिकला उप्रेतीद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएपछि पुरानो कार्यसमिति विघटन गरिएको थियो । वरिष्ठ रङ्गकर्मी सुनिल पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाको नयाँ नेतृत्व निर्वाचन गर्न डा. माधव पोख्रेल, डा. शुष्मा आचार्य र नरनाथ लुइँटेलको तीन सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको थियो । र् र्सवसम्मत ढङ्गले नेतृत्व चयन भएपछि नवगठित कार्य समितिलाई डा. शुष्मा आचार्य, डा.माधव पोख्रेल, श्रीधर खनाल र नरनाथ लुइँटेलले बधाई एवम् शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । स्रोत : स्वतन्त्र समाचार सेवा
Read Full Discussion Thread for this article