Posted by: Hi_nanu November 17, 2006
जंगलमा भेटिइन् ँकान्छी’
Login in to Rate this Post:     0       ?        
जंगलमा भेटिइन् ँकान्छी’ उपेन्द्र लामिछाने निजगढ, आफ्नै कोखबाट पहिल्यै दुुई छोरी भइसके पनि आमा भनेको आमै हो । विपन्न होस् वा सम्पन्न । जंगलमा भेटिएकी नवजात शिशुुलाई 'कान्छी छोरी' बनाएर यहाँकी एक युवतीले उदाहरणीय वात्सल्य देखाएकी छन् । चारकोसे झाडीमा सालनालसहितको शिशुुलाई 'छोरी रहिछ' भनेर धेरैले हेर्दै छाड्दै गरे । घाँस काट्न गएकी शान्ति सुुनारले धमिरा कमिला लागिसकेको शिशुु जब देखिन्, मन थाम्न सकिनन् । 'अरूले छुुन पनि घिन माने,' शान्तिले भनिन्- 'मलाई आफ्नै छोरीजस्तो लाग्यो र बोकेर ल्याएँ ।' शिशुलाई वीरगन्ज अस्पतालमा एक साता उपचार पनि गराइन् । बारा निजगढ-१ की सुुनारले आफ्ना ४ र १ वर्षका छोरीसँगै कान्छीलाई तीन महिनादेखि हुुर्काउँदै छन् । दुई साना छोरीलाई बराबरी दूध चुुसाउँछिन् । गाईको दूध पनि खुुवाउँछिन् । 'जो रुन्छ, उसैलाई दूध चुुसाउँछुु,' उनले भनिन्- 'यिनीहरू असाध्यै मिलेको देखेर सन्तोष लाग्छ ।' आफ्नी छोरी अलि ठूली भइसकेकीले सानीलाई बढी दूध चुुसाउने गरेको उनी बताउँछिन् । अहिले शिशुु स्वस्थ छिन् । उनले शिशुुको नाम राखेकी छैनन् । तर 'देवी' भनेर मायाले बोलाउँछिन् । सुुख दुुःख गरेर तीनटीै छोरी हुुर्काउने र ठूलो मान्छे बनाउने धोको छ उनको । 'जो माग्न आए पनि यो छोरी दिन्न,' उनले भनिन्- 'यसलाई ठूलो मान्छे बनाउनेछुु ।' घरपरिवारसँग 'राम्रो सम्बन्ध' नभएपछि निकालिएकी शान्ति थोरै जमिनका भरमा माइती गाउँमै गुुजारा गर्दै आएकी छन् । आयको विकल्प नभएरै चार वर्षकी छोरीलाई अझै स्कुुल पठाउन नसकेको दुुःखेसो उनी पोख्छिन् । 'धोको त बोर्डिङ पढाउने हो,' उनी भन्छिन्- 'पैसा भए पो ।' Shouldn't we extend our hands to help her raise these kids ?...
Read Full Discussion Thread for this article