Posted by: world_map November 17, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
हा हा! तितौरी, राम्रो छ सेकेन्ड पार्ट पनि, अब हेरम् यसबाट पनि के के उपकथाहरू निस्किने हो।;) मेरो चैं पुरानै भागको काउन्टर स्टोरीको फलोअप यो:- ‘ए चित्रे, चित्रे!! कत्ति टिभी हेर्नुपर्या तँलाई?’ मम्मीको आवाजले म झसंग भएँ। ‘ह्या मम्मी पनि! फुर्सदको दिन एकछिन हेर्न दिनुस् न भन्या,’ मैले अप्रसन्नता व्यक्त गरें। ‘फुर्सद छ भने यौटा काम गर्दे न त बाबु’, मम्मीले भन्नुभयो, ‘तेरो काकाको घरमा डेरा गरेर बस्ने किस्न बहादुर छ नि, उसको भाइ पर्ने शहरमा पढ्न आका रछन्।‘ ‘के काम गर्नु पर्यो त मैले?’, मैले बीचैमा कुरा काटेर सोधें। ‘उसको गाउँमा नातेदार र साथीहरूलाई लैजानको लागि केही गिफ्ट किन्नु पर्यो भन्थ्यो।‘ ‘किन्नु परे उसैले किन्छ नि, मलाई के को टेन्सन?’, म झर्किएँ। ‘त्यसो नभन्न चित्रे, किस्नेले गाउँबाट हामीलाई कति कोसेली ल्याइदिन्छ, अस्ति पनि उसैको भाइले ल्याएको गाईको प्योर घ्यू पनि दियो, पैसा दिंदा लिनै मानेन, त्यसैले हामीले सक्दो हेल्प गर्नु पर्छ’, मम्मीले सम्झाउनुभयो, ‘उसले सामान किन्ने बजार नै देखेको रहेनछ, बिचरालाई विशाल बजारसम्म पुर्याइदे न।‘ ‘मेरो बाईकमा पेट्रोल नै छैन,’ मैले अड्को थापें। ‘म दिन्छु नि त पैसा, ला यो ली, बरू किस्नेको भाईलाई पान्सय दे र भन् कि गाउँबाट आउँदा गाउँघरको यौटा मोटोघाटो कुखुरा ल्याईदिनु, गाउँको कुखुरा खूब पोशिलो हुन्छ नि था’छ तँलाई?’ ‘हुन्छ हुन्छ!’, पैसा पाएर म खुशी भएँ। ‘यो पैसा उसको गिफ्ट किन्नलाई पनि काम लाग्छ, पैसा अलि पुगेन भन्दैथ्यो’, मम्मीले थप्नुभयो। ----------------------------------------------------------------------------------------------------- किस्न बहादुरको भाई नाङ्लोमा वेटरको काम गर्दो रहेछ, म बाईकमा चढेर त्यहाँ पुग्दा ऊ काममा व्यस्त थियो। परिचय भएपछि उसले भन्यो,’चित्रे दाई, यतै बस्दै गर्नुस्, म दुइटा टेबल सिध्याएर आउँछु।‘ साह्रै मृदुभाषी र सोझो देखिन्थ्यो ऊ। तर यौटा टेबलमा बस्ने तीनजना केटा भने जाँदै गएनन् बा, के के गफ लडाउँदै, बियर व्हिस्की टन्न धोके दुईजनाले। मलाई कुर्दा कुर्दा वाक्क लागिसकेको थियो। बल्ल बल्ल बिस्तारै उठेर जान थाले, किस्नको भाई मैले हतार मानेको देखेर उनीहरूले दिएको पैसा पनि राम्ररी नहेरी फोल्डर काउन्टरमा पुर्याएर आयो। ‘ल यो पान्सय मम्मीले दिनुभएको, गाउँबाट आउँदा यौटा कुखुरा ल्याइदिनु रे राम्रो, ल अब चाँडो हींड, फेरी पसल बन्छ भैसक्ला’, मैले पैसा उसलाई दिएर बाईकतिर हुत्तिएँ। ‘पख्नुस्, म मेरो ज्याकेट लिएर आउँछु,’ ऊ दौडिंदै एउटा कोठामा पस्यो। चीसोले गर्दा बाईक स्टार्ट गर्न गाह्रो भैरहेको थियो। अघि भित्र टन्न धोक्ने तीनजना केटाहरू बाहिर बसेर खासखुस कुरा गर्दै थिए। किस्नको भाई भने ज्याकेट लगाउँदै कछुवा तालमा हिंड्दै आइरहेको थियो। मैले चाँडो आउन ईशारा गरें, मेरो ईशारा देखेर ऊ दौडिंदै आयो। मैले बाईक स्टार्ट गरिसकेको थिएँ, ऊ हतार हतार आएर पछाडी बस्यो। त्यत्तिकैमा अलि ठूलो आवाज आयो, कसैले,’मेरो पैसाऽऽ!’ भनेको आवाज हेल्मेट लाएको कानले समेत सुनें। तर गुडिसकेको बाइकलाई मैले रोकिनँ, मलाई त कहिले घर पुगुँ जस्तो भैरा’थ्यो। ठूलीले मलाई आठ बजेको टाईम दिएकी थिई एम एस एन च्याटमा आउनको लागि। ------------------------------------------------------------------------------------------------- ‘ए किस्न दाई, के छ हालचाल? आरामै?’ बाटोमा किस्न दाईलाई देखेर मैले सोधें। ‘आरामै चित्रे बाबु, घरमा सबैलाई सन्चै?,’उनले पनि सोधे। ‘अस्ति राति नाङ्लोको अगाडि एकजना केटाको दुइ हजार रूपैयाँ लुटियो नि तपाईलाई था’ भो?’ मेरो उत्तर आउन नपाउँदै उनले एकै सासमा सोधे। ‘ए हो र? अनि कस्को पैसा लुटिएको रैछ त?’, मैले उत्सुकता पोखें। ‘खै नाम त था’ भएन, तर त्यहींको ग्राहक केटाहरूको रे’। ‘अनि लुटेको चैं कस्ले नि?’ ‘खै त्यो नि खासै था’ भएन। गाइँगुइँ अनुसार चैं लुट्ने मान्छे हाँडीगाउँको दादा रे, नाम भने भुसुक्कै बिर्सें…. अँऽऽऽऽऽऽऽ ब्यान्डि हो कि के भन्थे तेस्तै’।
Read Full Discussion Thread for this article