Posted by: Deep November 17, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
बाङ्गेले के भन्थ्यो होला जस्तो लाग्यो -- **** म चैं डबलि गैं छैन– सत्तेनारन्थानाँ नी गएँ छैन --- रेखा घर् आगाडी चुइगम् किनेर बस्या छ कि भने छैन --- रेखालाइ नि देखिन --- यो चाँइ यता कुरा सुनेर् बसिरा रे छ ---बाङ्गेले मलाइ कता कता खोज्यो तेस्को जानकारी दियो --- अनि फेरी सोध्यो “यी केटीहरु त मन् ध्वस्तै गर्लान जस्ता रे छन् --- को यार् यिनीहरु? अनि त्यो मान्छे चै रिसार मल्टाबारा जस्तो देखिन्छ – को नी यी केटीहरुको बा? खै एउटीको बा एउटीको फुपाजु रे। सुन्या कुरो सुनाइदें। तँ चैं ह्या के गरी रा त? कि तँ माथि नी आइलाग्नि हो की मल्टाबारा? तैले केइ गरीस् कि के हो?” बाङ्गे ससन्कित् भो। “मैले के गर्नु? गर्न पा भे त हुन्थ्यो नी – यिनिहरु आफैले गरेछन्” मैले झर्केर भने ---यस्सो सटकाँ हल्लिदै जस्तो गरेर तिनीहरुको चोकाँ गर्या कुरो सुन्न ला बज्ज्या बाङ्गेलाइ फेरी बयान् दी रनु पर्यो। के गरेछन् हँ यिनीहरुले --- हुन त हेर्दै केइ गर्लान् जस्ता छन् --- के औधि राम्रा रछन् हो केटीहरु त” बाङ्गेले उस्का आँखा केटीहरुमा ठोक्काउदै भन्यो। केटीहरु चै बिचरा टेन्सन्मा चिट चिट देखिन्थे। "के गरेछन् भन्या?" फेरी सोध्यो बाङ्गेले ---एक सुरमा केइ गर्न दिदैन अलछिना बाङ्ग्गे–रीस् उठ्यो आफुलाइ --- आखालाइ सौन्दर्यपान् गराउदै थेँ भाँड्यो। “नाङ्लाँ जाँड खार आएछ के ---“ भन्देँ। ल “माँ-----“ ए बाङ्गे ए! मनपरी नबोल त! रोक्नै पर्यो नी --- त्याँ अघि एउटीले फर्केर हेर्या थी --झन्नै सास् रोक्या जस्तो भा थ्यो आफु तेइ आशाँ बसीराछु--- "हैन आम्म्माम्म्मा भन्या के" बाङ्गेले कुरो सच्याउदै सोध्यो फेरी--- हैन काँ पाँइदो रे छ नाङ्लाँ जाँड्? अनि कसरी तन्काउँनी नी? चुइदैन त? तेस्तो नाङ्लो हैन --- मैले भने। "अनि कस्तो त?" बाङ्गे उत्सुक् भो—हामि पानि जनु पर्यो यार् त्याँ काँ रे छ – धेरै चोटी धेरै थोकाँ हालेर खाइयो जाँड् तर नाग्लाँ चाइ खा छैन नखा कुरो--- बौधाँ समेत् नदिनी त्यो ठाम् काँ रे छ --- अनि इ केटीहरुले काँ बाट फेला पारेछन् --- यिनीहरु त उग्रै होलान जस्ता रे छन्। नाङ्लो भन्या होटेल् के त्याँ दरबारमार्गाँ --त्यो होटेलाँ गएर तन्काएछन् के --- एउटा निशान्त भन्नी सँग गएर। सुनाइदेँ। "अब भो? कुनै कुनै डाँका त के सारो भग्गेमानी हो! कोइ कोइ चाइ एउटालाइ दुइटा रे अनि हामी दुइटालै चै एउटै छैन।" बाङ्गेले नी आफ्नो दु:ख पोख्यो। यत्तिकैमा बा ले हामी त्याँ के खान अल्मल् अल्मल् गर्या हो भनेर घुरेर हेर्या मात्रै के थिए बाङ्गेले म तिर हेर्दै भन्यो – “देखिस्? बुवा रीसाउनु भो – त्यो निशान्ते सँग सङ्गत नगर मान्छे ठीक छैन भनेर मैले यस्सै भन्या हो?” **** अभिबादन।
Read Full Discussion Thread for this article