Posted by: world_map November 16, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
ल मेरो नि काउन्टर स्टोरी आयो। तितौरीको सपोर्टर अलि कम जस्तो लागेकोले तितौरीको पक्षमा लेख्न खोजेको, कुम्लेलाई भने अलि अप्ठ्यारो पो पर्ने हो कि। कुम्ले, तपाईको उपरोक्त नामको साँच्चिकै साथी छन् भने अहिले नै क्षमा माग्छु है, यो कथा पूर्णत: काल्पनिक हो। :P मिति:- १६ नोभेम्बर ०६ स्थान:- हेलेना, मोन्टाना डायरी लेख्न छोडेको पनि धेरै भएछ, अब त लेख्ने तरीका नै भुलिसकेछु, रिसर्चमा यति व्यस्त भएछु कि समय गएको पत्तै भएन। तीन वर्ष त चालै नपाई बितिसकेछ अमेरिका आएको पनि। आज निशान्तेको ईमेल आएको थियो, H1B भिसा मिलाएर आएछ न्यू योर्क, बिहे पनि गरेछ आउन भन्दा पहिले हतार हतार। हुन त उसको पहिले देखि नै लप थियो, त्यसैले नगरोस् पनि किन? बरू उसको पहिलो डेटिङ्को पो याद आयो, त्यो नि बर्थ डे ट्रिट। म र कुम्लेले उसलाई बर्थ डे ट्रिट दिन भनेको त मोरो, ‘ मैले त समिधालाई ट्रिट दिन ला’छु, कवाफमा हड्डी नबन्न यार!’ भन्छ बा! मलाई त्यसले नाङ्लोमा समिधालाई लान्छ भन्ने कुरा थाहा थियो, त्यसैले कुम्लेलाई क्रिकेट खेलिसकेर त्यहीं पुर्याएँ। संयोग पनि कस्तो, कुम्लेको पैसा फिर्ता लिनु पर्ने ठाउँ पनि नजिकै रहेछ। नाङ्लोमा म जसरी पनि ट्रिट लिने दाउमा थिएँ, त्यसैले त कुम्लेलाई तानी तानी, क्रिकेट खेलेको मैलो ड्रेसमै लगें। समिधासँग आउने अर्की केटी पो गज्जबकि रैछ त, हेर्दा चुल्बुले जस्तो, राम्री देखिने, पछि थाहा भो ऊ त समिधाकि फुपूकी छोरी रैछ। मलाई त्यो बेला पो गल्ती महसूस भो, कुम्लेले जस्तो लुगा लगाएको भएनि म चैं सुटेड बुटेड भएर जानु पर्ने रैछ। हुन त ऊ नि अमेरिका ट्राई गरिरहेकि भन्ने त सुनेको थिएँ तर यत्रो ५० वटा स्टेटमा कहाँ होली कसरी पत्ता लगाउने? जे भए नि, त्यो दिन मैले पैसा चैं झ्याप हानेकै हो बा, कति मज्जा आयो! एउटा सोझो देखिने वेटर थियो, नयाँ जस्तो देखिन्थ्यो। हुनत बिचराले हामीलाई कति सत्कार गरेथ्यो, तर धन देखेपछि महादेवको त तीन नेत्र हुने, म जाबो मनुष्यको के लाग्छ। निशान्तेले पहिले पैसा तिरेर समिधाहरूलाई बाहिर पुर्याएर आयो, त्यसपछि नयाँ वेटरसँग पैसा फिर्ता माग्यो। त्यो साह्रै सोझो वेटर पो परेछ, फिर्ता नि दियो। पछि खाएको बिल कुम्लेले तिर्ने सहमति अनुसार मलाई फोल्डरमा पैसा राखेर दिन भन्या थियो। तर मैले त दुइटा हात्ती आफ्नै खल्तिमा राखें, बाँकि चानचुन मात्र छोडिदिएँ। बिचरा त्यो नयाँ वेटरले पो गाली खायो होला, च्व च्व, मैले त्यसो गर्न नहुने पो थियो कि। आऽऽऽ जे भए पनि भैहाल्यो नि, उहिलेका कुरा खुइले। बरू यो कुरा कसैलाई थाहा दिनुहुन्न। हरेऽऽ, निशान्तेको ईमेलको कुराबाट ईतिहास नै पो उप्केछ, के लेख्न थाल्छु, कहाँ पुगेर टुंगिन्छ। त्यसैकारण मलाई यो डायरी लेख्न नि मन लाग्दैन आजकल। थाके बाऽऽऽऽऽऽ, गएर सुत्छु बरू। हितेश
Read Full Discussion Thread for this article