Posted by: CaMoFLaGeD November 16, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
हा हा हा पून्टे दाईको कथा बल्ल पढियो। क्या भन्ने यार मेरो दोस्तलाई त्यस्तो। ग्वाँचे र पून्टे दाईले मेरो दोस्तलाई त्यस्तो भन्ने होइन है, मैले भन्देको छु। ग्वाँचे तिमीलाई त्यो टिप्सले नपुगेको हो?? नत्र किन त्यस्तो भन्थ्यौ र? त्यो दिनको खर्चपनि मैले बेहोरेको थिएँ। अब भन्नु त हुदैन, मेरो त्यो सय डलर त्यहि सकिएको थियो। मैले "खर्च नि मै बेहोरौँला" भनेको थिए त्यो दिन। खासमा मैले भन्न खोजेको चाँहि अर्को चोटीको डेटको खर्च बेहोर्छु भन्या, हितेशले र निशान्तले चाँहि त्यो दिनको खर्चपनि सम्झिएछन्। अनि मेरो बिजोग भइगो नि। त्यस्तो गरेर तिरेको पैसो त्यो ग्वाँचेले कत्ता झ्याप हानेछ हानेछ। टिप्सपनि दर्हो दिएको थिएँ त मैले उस दिन। निकै खुसि भा'थ्यो त। आज आएर लौ हेर के के भन्न थालेछ थालेछ। कम टेन्सन भाको थियो मलाई त्यो दिन? दुईवटा सिजलरको पैसा, ३+४ (पछि हिते र निशान्तले २-२ वटा पिए) = ७ बोतल बियरको पैसा, पिउन अनि मुख कुल्ला गर्न कोक, सलाद, मोमो अनि त्यसमाथी टिप्स। अझ तिरेको छैन भन्छ यो ग्वाँचे। के गर्नु? बिल राखिएन क्यारे नत्र त तिरेको प्रमाण नि देखाउन मिल्थ्यो उस्तै भए निशान्तले भेटाउछु भनेर तिराको पैसा मध्य एउटा सिजलर र कोक खानेलाई त्यो दिनदेखि निशान्तलाई भेटेकै छैन अनि त्यो बाचा नि पुरा हुन नसकेको गुनासो पोख्न सकिन्थ्यो कि?? ;-)
Read Full Discussion Thread for this article