Posted by: Poonte November 16, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
दशैं तिहार सकिएपछि तास छोएको थिईन। हार्न नि नराम्ररी हारिएको थियो, यसपाली चाडपर्वमा। हुन त चाडपर्वमा हारेको देवी देवतालाई चडाएको मान्नु पर्च, अनि बाँकी बर्ष भरि फलिफाप हुन्छ रे, कोई कोई साथीहरुले सान्तवना दिंदै भनेका थिए। त्यस्तै मान्न प-यो त नि, अब, हारेको पैसो सम्झेर जिन्दगी नै स्थगित पार्ने कुरो आएन के रे। मरि मरि काम गरम्ला, अर्को साल फेरि चढाम्ला देवी देवतालाई, अरु के त? तर मेरे नि अर्को दशैं नआए सम्म चईं जुवालाई टाढैबाट नमस्कार! कुकुर कै पुच्छर न परियो! के सुद्ध्रिन्थिम् त यति सजिलै? खै कति भो तिहार सकेको, करिब ३-४ हप्ता? “केटाहरु फेरि खेल्ने भन्या छ, तिहारमा त खेलियो २ डलर प्वाईन्ट, अब चईं अलि सस्तो रे। जम्मा एक डलर प्वाईन्ट, त्यो नि ईस्ट्रेट, नो डबल सबल,” स्यामको फोन आएसि भै हाल्यो मेरो मनमा तल् तल्। “स्याम”, “श्याम” होईन। अमेरिकामा कुईरेहरुलाई भन्न सजिलो होस् भनेर उसले आफ्नो नाम फेरेको रे। हुन नि यो त करिबन फेसनै भन्नु प-यो के रे। Sam for Suman, Neil for Anil, Danny for Dhan Bahadur, Angie for Anjuli, Jay for Jaya Prakash, Manny for Man Bahadur, Seuse for Sushil, आदि, ईत्यादि। हुँदा हुँदा, बाह्रैमास चण्डीको बर्त बसेकी जस्ती काली न काली गोरक्ष कुमारी को नाम त Gori रे! भनि हालें नि, जुवा सुनेसि, Neil को तीन नेत्र! मन मने संकोच लागे पनि बसियो त नि फेरि मेरिज खेल्न। धेरै जसो एउटै छोली हुन्छन् तास खेल्ने नि। जुवाडे जुवाडेहरुको भेला। लौ त नि बनेर म नि लागे। Sam को आपार्टमेन्ट तिर। केटाहरु त बसि सकेका रहेछन्। तेई मेरिज को रेगुलर पोजिशनमा। सेतो तन्ना ओछ्या’को माझमा। चानचुन नपुग्ला भनेर चिप्स साटेर एक साईडमा राखेका, अर्को साईडमा चईं गिलास। कसैको मा ह्विस्की, कसैकोमा, रम एन्ड कोक, आदि। भाउजु (Sam को बुढी) चईं बिचरी भान्छामा मासु तार्दै रहिछे। कोटा पुगि सक्या रहेछ अहिलेको खालमा, अलि छिनमा अरु नि आउँछन् रे, अनि अर्को खाल बस्ने भने। के गर्नु अनि म? खेल्न भनेर तम्सेर आ’को, अरुले खेलेको हेरेर बस्न सक्थें र? भान्छातिर गएं अनि, भावजुलाई अलि अलि भएनि सघाउँ भनेर। अमेरिका आएसि त ऊनीहरुले बुझेका हुन्छन् नारी अधिकार। धेरै काम मात्र गर्न प-यो, खेलन् पाईएन भने आएका सबै इपाहनाहरुलाई भोकै फर्काईदिन्छन्। जित्नेले त घर फर्कंदा बाटोमा चाईनिज फा्सट फुड लिएर ट्याक्सी चढ्दै घर फर्कंदा हुन् के के रे, हार्नेको पो बबाल हुन्छ! भोको पेटमा सब्वे कुरि कुरि आफैंलाई धिक्कार्दै जानु पर्ने। जितिए तठीकै हो, तर भने टेन्सन् हुन्छ भन्ने सोंचेर, बरु भाउजुलाई अलि अलि भएनि सधाएको जस्तो गरम्, फुर्सेद पा’ बेला भन्ठानें। भान्छामा एउटा नौलो मान्छे नि देखें, अलि गोरो गोरो, हामी भन्दा अलि तरुणै होला जस्तो। “ए, Neil! यो चईं मेरो भाइ है! भाइ पर्ने। निस उसको नाम। छोटोमा निस,” त्यही मार्काको परेछन् ऊ पनि। “निस रे?” निस त केटीको नाम पो होईन?,” नौलो साथीलाई अप्ठेरो पर्ला कि भन्ने कुराको वास्तै नगरी मैले प्वाक्क भने। हुन नि मेरो अर्को एउटा नातेदारको छोरी निशालाई स्कूलमा नीश भन्छन् क्यारे। “N-E-E-S-H पो केटी त! उसको नाम त N-I-S हो!” भाउजुले सम्झाईन्। म चईं मन मनै “थुईक्का पाजी! छक्कै नाम राखेछस्” भनेर सोंचे, तर केही बोलिन यसपाली। उसको खास नेपाली नाम चईं के भनेर नि सोधिन। अरु नि आए, खेल्न सम्म खेलियो। पिईयो पनि। रमाईलै भयो भनम् न। निससंग नि निकै गफ गरियो। भर्खरै मात्र बिहे गरेर आ’को रे, दुलही चईं नेपाल मै रे। बरु के गरि झिकाउने हो दुलहीलाई भनेर सोद्धै थिए। लयर-सयर चिनेको कोई छ कि भनेर फोन नम्बरहरु नि माग्दै थिए। निकै बेर पछि आई नखरमाऊली जोडी तेई गोरी (गोरक्ष कुमारी, के त!) र Sammy (सम्झना)। नक्कली मोरीहरु, पैसा कहिले नि छैन भन्छन्, तास-सास नि कहिल्यै खेल्दैनन्, तर शपिङ् भनेसि मेसिज्, ब्लुमिङ्डेल्स्, को भन्डारै उठाउँला झैं गरि हुत्तिन्छन्। दिन भरि घुम्छन् फर्केर घरि एउटा सानो लिपिस्टिक देखाउँछन्, घरि मात्र एउटा बुलोज, दिन भरि को फल! ओ हो! शपिङ् देवीहरु, आज चईं के के किनेर ल्यायेऊ, हँ, हामी पन हेरुम् न!” एउटा साथीले थाहै नपाई उनीहरुले बोकेर ल्याको Victoria Secret को झोला तिर झम्टे। “आच्या! यो दाईलाई त थाहै छेन कि के हो VS को बारेमा?” भनेर खितितितिति हाँस्दै त्यो झोला लुकाई हाली गोरीले। “तर आज क्या भो हगि, गोरी?”, Sammy दंग परेको अनुहार देखाएर बोली। “हामी मेसिज् को कस्मेटिक्स डिपार्टमेन्टमा मेक अपको सामानहरु हेर्दै थियम् लान्कमको आई श्याडो, आईलाईनर, र पाउडरको सेट। त्यो अटेन्डेन्ट फेरि हर्को कस्टोमरसंग बिजी भयो। अनि हामी नि अहिले नकिन्ने भनेर हिंड्यौं। बाहिर आएसि पो झस्याङ्ग भो! त्यो सेट त यो मोरी गोरीको हात मै! क्या गजब भयो बा, अाज। अलाराम नि बजेन, के हो के! हामी त दंग परेर ल्यायेम् त्यो सेट फ्रि मा!” “थुईक्क चोर्नीहरु! अहिले स्वाङ् पार्छेऊ। जानी जानी चोरेरै ल्या’ होला! तेति जाबो सेट, बरु मै दिन्थे। नि तिमेरुलाई पैसा नभएको भए” Danny ले मजाकैमा गाली गरे जस्तो ग-यो। “कस्सम् दाई! दक्षिण कालीले भस्मै गरुन्। हामीले भने जस्तै भा’ हो!” गोरीले कस्सम खाई। “काली ले काली कै कस्सम् काएसि त होला नि त!” मैले नि प्वाक्क दिएं। “हैन, ल्याउन नि ल्याउनु, जाबो त्यो सानो सेट नि के सित्तैमा ल्याउनु? फिर्ता गर्न जानु पर्दैन त? सुन, हिरा कै माल भए अर्कै कुरा!” एक नम्बरको चण्डाल Jey ले थप्यो। “अब के गर्ने के गर्ने भएर हामी त कम्फ्यूज भयौं नि त! जाम् कि जस्तो नि ला’थ्यो फिर्ता गर्न, तर के के। अब त्यो मेसिज्लाई के नै फरक पर्दो हो र? सानो पसल भा’ भे अर्कै कुरा,” गोरीले फेरि भनिन्। यतिकैमा, कुनाबाट निसले बोल्यो फेरि, अलि अलि जाँड नि ला’को, लडबडेको जिब्रोले, “क क क्या याद आयो यार! एक चोटि मैले मेलो बुरीलाई बिहे भन्दा अगाडि…फस्ट डेटमा…त त त्यो नाङ्लोमा लगेर पैसै पुरा नतिरेर टाप देको छु, यार! यि बैनिहरुले त अन्जान् मै क्याको त्यो, आफूले त जानी जानी!” निसको कजन साली एउटी र दुईटा जिघ्रि दोस्तहरु पनि यतै अमेरिका तिरै कतै छन् रे भन्थे!
Read Full Discussion Thread for this article