Posted by: gwanche November 16, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
लौ मार्यो कुरा त अर्कै परेछ...!!!! हिजो पारी बल्खु गामको बाटो भे'र खोला पारी ग'को घरको लागि साबुन तेल किन्न परो भुनेर (के गर्नु बाले जा भने पछि जानै परो), आज त हाम्रो चौतारी गाम्मा खासखुस् पो चलि'रा रैछ । जाँदा त केइ भेन खुरुखुरु गए, खोलाँ पौडी नि खेलियो मजाले, एकछिन दोहोरी नि खेलियो तेतैका मैयाँहरुसँअ, खुब रमाइलो भो । फर्किदाँ पो आपत परो त, कुरा के भो भन्नु होला भुने, त्यो गामको मुखियाले समाइहाले । सप्पै गाम्ले'रु नि जम्मा गरेर चोकमा उभ्याए । तिमी त चौतारी गाम्को हैन्, लौ चौतारी गाम्को त जो आए नि हाम्रो गाम्मा केइ न केइ गरेरै जानुपर्छ्, कि गित गाउ, कि डानस देखाउ, कि कबिता बाच्, कि कथा हाल्, केइ नभे एउटा चुट्किला सम्म त सुनाउनै पर्छ भन्न थले । अस्ती नै पुन्टे दाइ आउँदा नि क्या खतरा डानस देखा थे, जिम्माल बुढा त धैं आम्छन क्यारे गज्जबा कथा कबिता लिएर्, दीप ज्यो त्यस्तइ । फेरी अस्ती तितौरीले नि क्या गज्जब्को कथा हलेकी थियिन । तिमी नि उम्किन पाउँदैनौ, भुनेर सप्पैले घेरीहाले । आफु परिओ 'खायो ढिंडो, हल्लियो हिंडियो, पाल्यो बोके दारी' टाईपको मुन्छे, कथा, कबिता त के हाम्रो देसाँ राष्ट्रिय (हो कि अराष्ट्रिय, कुन्नी कस्को भजन मात्रै गाउँनु पर्छ रे) गान त आउँदैन अब कसरी कथा, कबिता सुनाउन पर्‍यो भुनेर दोधारमा परे । तै ठीक्क बेलाँ हाम्रो हजुरबा काम आए । पैला हामीहरु सानो हुँदा हजुरबाले कथा सुनाउनुहुन्थ्यो, अहिले त परम्धाम गैसके बिचरा । हो तेइ कथा सुनाइदे मुइले नि बल्खु गाम्मा । हाम्रो गाम्मा चाँही ग्वाँचेले आफ्नै कथा सुनाएर आयो भुन्ने हल्ला पो चलीरारैछ । आफ्नु कथा त्यस्तो के खा'र हुनु नि, बरु हजुरबाले सुनाउँथे, उन्कै कथा होला । तै पनि कथा सुनेर आफ्नो तर्फबाट त्याँ मुनी आ-आफ्ना कोमेन्टहरु लेखिदिनुहुने मान्यजन शुभाजी, दीपज्यो, तितौरी, गोतामे सर्, ओए_चिल्स् ब्रो, कुम्ले ब्रो, जिम्मालबा, गालब्, आइते तथा चौतारीका सप्पै ख्वामितहरुलाइ टाउकोले भुँइ छुने गरी नुहेर धेरै धेरै धन्यवाद । लास्टाँ बिशेष धन्यवाद, सान्नानीलाइ, यती राँssssरो चौतारी बनाएकोमा । लौ मेरो नि आसिश लागोस् क्यारे, माटो छुँदा सुन्, पानी छुँदा दुध्, बालुवा छुँदा अन्न होस्, मनको चिताएको कुरा पुरा होस्, सन्तानले डाँडाकाँडा ढाकुन्..............जय होस् तिम्रो ।
Read Full Discussion Thread for this article