Posted by: Amazing November 14, 2006
Syang-JALI.....????
Login in to Rate this Post:     0       ?        
BHAUTE- The most sought after man in SAJHA but has disappeard these days but im sure he wd be back soon coz its his style to appear for few months and again to hide. ALL sayngjalis r waiting for u, in the meantime, lets enjoy his KAVITA..... -भउते मेरो स्याङजा: मेरो सम्झना (शिखरिणी छन्दमा) छुदै माताजीका, चरणतलमा, जान्छु म भनी रुदै आज्ञा दिन्छिन्, दुखित मनले, पुज्य जननी । म आएँ पाताल्मा, तर मन उतै, बाल्-हठ गरी सयर् मै स्याङ्जाका, एक एक गरी, स्वर्ग नगरी॥ (१) कुभिण्डे, नौडाँडा, सकल पथका, भीर पहरा उकाली ओराली, अनि निकटका, स्वच्छ छहरा । छिचोल्दै राङ्खोला, अलि पर झरी, मिर्दि बगर दिसिँकोट्, चापाकोट्, वरपर बिते शैशव-पला ॥ (२) पहाड्की चेली शीतल जलभरी, काँस-करुवा दरौँ की शिर्वारी, हर क्षण तयार्, पुज्न वटुवा बुलाँकी नाकैमा, झलमल परी, पल्टन हुँदी । मसक्कै मस्किन्थिन्, उपल घरक,गुर्सिनी दिदी ॥ (३) असार्-साउन् बर्षा, रुझि रुझि म खेल्थे अनमत्तै सुसाम्थ्यो सल्लेरी, रति भर नमान्ने डर कतै । घमण्डी थी आँधी, नसुनु यसको, कल्कल उता उठाम्थी यो वासै, क्षण भर सुनाम्थी अहमता ॥ (४) उषा गुथ्दै पस्थी, हिमसगरमा, स्वेत पगरी मलेङ्कोट् पाखैमा, ढकमक हुने, पुष्प लहरी । अँधेरी खोल्सी ती, छङ छङ धरी, संगित कडी अहोरात्रै बित्थे, घुमि म तटका, कुञ्ज रमणी ॥ (५) कता अल्झिस् "भौते", किन सुरु भए, यी उँध-गति धरा यस्तो त्याग्ने, कुन दिन भयो, धृष्ट कुमति । म जाउँ त्यो स्वर्गै, पनि नसकिने, विर्सन रति म जन्मेँको माटो, दिन दिन गएँ, सम्झन अति ॥ (६) *** *** *** *** :) -भउते
Read Full Discussion Thread for this article