Posted by: Rahuldai November 11, 2006
Koirala for Nobel Peace Prize :: Hasayo Kantipur le
Login in to Rate this Post:     0       ?        
गिरिजा प्रती साझाका मित्रहरुको यात्राो रीस किन होला बुझ्न सकिएन । नोबेल पुरस्कारको लागि गिरिजाको नाम प्रस्ताव हुन्छ भने एउटा नेपालीको हैसियतले खुशी मनाउनु पर्ने हो । हामीले कहिले यो भ्यागुटे खेल खेल्न छोड्छौं? प्रस्ताव भएर पुरस्कार जितने कहिले कहिले अहिले देखि चासो? नेपाली भएर सोच्ने गरम न एकपटक । सधैं एमाले माले भएर किन सोच्ने? ११ बर्ष लामो हिन्सा र हत्याको सिल्सिला अनि प्रजातन्त्र को पुनर्स्थापना मा गिरिजाको भूमिका थियो भने नोबेल पुरस्कारको हक्दार पन छन्, गिरिजा हावाल्दार । जिन्दगीभरि पेस्तोल भिर्ने अनि केही राष्ट्र ले आतंकारी ठान्ने यसिर अराफात ले नोबेल पुरस्कार पाउंदा के पेलेस्ताइनिहरुले बिरोध गरे त? जस्ले जे भने नि आज नेपाल मा शान्ति आउँला जस्तो छ, त्यो जङलिहरु लाइ वर्ता मा ल्याएर अनि शान्ति सम्झौता हुनु, ज्ञानेको पञ्चायती कुशासन बाट मुक्ती दिन गिरिजाको भूमिका थिएन भन्नु चाँही अन्याय नै हुने छ । गिरिजाको इमेज राम्रो छैन, छोरी भन्जा भन्जिको चक्करमा फसेक छ, आदी इत्यदि सत्य होलान ।त्यस्को अर्थ यो होइन कि गिरिजाक कुरा मान्ने प्रचन्डे, मोर्याटी, इयान मार्तीन, मुखर्जी आदी इत्यदि हरु सबै मुर्ख हुन । ८५ बसन्त पार गरेकाको जिन्दगी लाइ बुझ्ने नजर हाम्रो भन्दा राम्रै हुन्छ होला । मित्र हरु तेसै तेसै कसैलाइ गाली न गरम्, गिरिजा ले पाएनी, माकुने ले पाए नि सम्मान कसैले दिन्छ भने सिङो राष्ट्रको शिर उठेको हुन्छ । अस्तु!
Read Full Discussion Thread for this article