Posted by: CaMoFLaGeD November 11, 2006
From Biratnagar
Login in to Rate this Post:     0       ?        
बिराटनगर रे!! आफ्नोपनि जिन्दगीको केहि समय बिराटनगरमा बित्यो। मेरो फेबरेट प्लेस भनेकै अरुण टाकिज! :पि, नयाँ फिलिम आयो कि त्यहिँ हो बास! टिकेट ब्लेक गर्नेहरु पनि दोस्त भइसकेका थिए। गोबिन्दाको फिलिम भनेपछि क्या भिड हुने भने। अनि फेरि दश गजा तिराको टाटीका घरहरु!! ओहो!! खूब रमाइलो हुने। बिराटनगरको महेन्द्रचोकमा पाइने ठेलाको म:म: हे हे हे!! मासु कम प्याज धेरै! त्यहिपनि मिठो! हुन त धरानको सुङुर म:म: जस्तो मिठो त पाउन गार्हो हो बिराटनगरमा। बिराटनगरको अर्को रमाइलो पक्ष भनेको सरस्वती पुजाको दिन सरस्वती मन्दिर जाने मान्छेहरुको भिड! बिराटनगरको केटी हेर्ने हो भने त्यो दिन हिड्नुपर्छ बिराटनगरको मेनरोडमा। कुर्था सुरुवालमा क्लासिक बिराटनगरनीहरु!! जोगबनी जाने थोत्रे गाडीहरुपनि दामी यार!! दोस्रो बिश्व युद्धतिरको जस्तो। तर भिड भने अत्ति हुने। महेन्द्र मोरङ क्याम्पसको फिल्ड अनि त्यस्मा क्रिकेट म्याच!! अर्को रमाइलो समय भनेको चाँहि लोडसेडिङ भएको बेला। गर्मी महिनामा लोडसेडिङ भएपछि घरमा बसि सक्नु हुन्न थियो। अनि त सबै बाहिर!! बिराटनगरको सुन्दरता हेर्ने त्यो अर्को मौका हो!! अझ गुद्री(??) भन्ने ठाउँमा चिया एक को पाँच खाइन्थ्यो। एक कप किनेर पाँच भाग लगाउने!! हा हा हा!! Those days!!!
Read Full Discussion Thread for this article