Posted by: ramprasadneupane November 10, 2006
म त नेपाल् फर्कदै छु, तपाइ नि?
Login in to Rate this Post:     0       ?        
लौ अब त गिरिजाबाबु लै मानौ न हो! बुढाले यो उमेरमा आएर देशलाइ सहि दिशा मा ल्याउन खोज्या छन् । अरु कुनै रजनैतिक् नेतासङ्ग त्यो खुबि देख्नु भा छ? गिरिजालाइ hate गर्ने मध्ये म पनि एउटा हु। गिरिजालाइ मार्ने नाथुराम् गोड्से जन्मनु पर्छ भनेर वकालत् म आफै गर्थे, तर आज स्थिति अर्कै छ । हुन त लेहु लागेको बाल्टिलाइ, नमस्काएसम्म, बल्टिको चिप्लोपन जादैन , तेस्को लागि, अर्को ५ बर्स नेपाल् ले धेरै गुमाउनु पर्छ धेरै कमाउनु पर्छ। केहि नेता भनाउदाहरु पुर्ण रुपमा पलायन् नभएसम्म देश् सुध्रन्न, त्यो चाहि पक्कै हो। सम्बीधानसभा को चुनाबमा धाधलि हुन्न भन्न सकिन्न। ब्यक्ति लाइ होइन पार्टिलाइ भोट् दिने system ले एउटा अर्को निरन्कुश्तन्त्र लाइ जन्म दिन्छा । हतियार् र डर्-धाक् ले सत्ता मा आइपुग्ने हरुले त्यसै गरिराख्छन्। काङ्रेसले आफ्नो रुप् आहिलेनै स्पष्ट पारेको छ, गिरिजा काङ्रेस को ७५ सिट, र देउबा काङ्रेस को ४५ सिट तथा अन्य सानातिना पार्टिहरु को ४५ सिट गरि १६५ सिट को तुलना मा एमाले र माओबादि मिले पनि जम्मा ७३+७३ गरि १४६ सिट हुन्छ। त्यसमाथि एमाले माओबादि सङ मिल्न गएमा एमाले फेरि टुक्रन्छ। यो सबै सत्ता कै खेल त हो नि। राजनिति power को लागि गरिन्छ । देश् को साधन् श्रोतमा कस्को पुर्ण व अत्याधिक् पकड हुने भन्ने कुरा मै रजनिति रुमल्लिएको छ । देश् को पुर्न विकास, एक्काइसौ शताब्दि को बाटो चयन र जनताको उच्च जिवनयापन् स्तर् सङ कुनै नेताको सरोकार् छैन। देशमा ६ महिने सरकार् को लहर चलेको सबैलाइ थाहै छ नि! नया पिढि यहा आएर थन्किएका छौ, हामिलाइ रत्ति भरि शरम छैन । छिन् छिनमा asylum file गर्ने साथिहरुको ताति देखिन्छ। गरिब मुलुकका हामि धनि जनता, देश फर्केर जबसम्म केहि गर्दैनौ, केहि हुनेवाला छैन। सबै क्षेत्रमा निपुणता कमाएका नेपालि जनताहरु ले येसै गरि मातृभुमि मोह त्याग्ने हो भने, मातृभुमि को अस्तित्व खोज्न समेत् गार्हो हुनेछ। गर्ने होइन त देश् बिकाश्? म त नेपाल् फर्कदै छु, तपाइ नि?
Read Full Discussion Thread for this article