Posted by: gwanche November 10, 2006
Login in to Rate this Post:
0
?
कुरा खास्सा अर्नु भो जिम्मालबाले, रगत नि बगाउनु पसिना नि बगाउनु अर्का लागि । ज्यान हुन्जेल अर्काआ सिमाना राख्वाली अर्यो, बाँच्यो भुने बुढो भे'सी एउ दुई गोटा पित्तलाआ तक्मा झुन्डायो अनि लखर लखर खाली हात फर्क्यो । त्यो जाबो तक्मा के अर्ने न टोक्न हुन्छ न बोक्न! तेसभन्दा त त्यती नै मिहिनत अर्ने हो भुने त आफ्नै देशमा गरिखान सकिहालिन्छ नि । अस्ती हाम्रो बाले नि भन्दै थे, त्यो गैरिखेत मुन्तिरको हाम्रो जग्गा बाँझै भो, काम अर्ने मान्छे नभेर, कोइ मान्छे खेती अर्ने भेट्यो भुने फोकट्मा दिन्छु, बाली लाओस खेती खाओस्, मेरो माटो त मलिलो हुन्छ । रिकुटे दाइले बनाउने भे बासँअ मै कुरा अर्दिन्थे क्यारे ।
हुन त पोर साल गल्लावाल गाम्मा भर्तिको लागि आउँदा मु नि गै दिउँ कि जस्तो लाथ्यो लाउर, तेतीबेला तपाईंले नै त रोक्नु भा हो नि मुलाइ, जिम्मालबा, पुन्टेदाइले लाउर गएर खाको हन्डरहरुको कथा बताएर । लौ न रिकुटे दाइ छोड्दिउ पराइको गुलामि, बसुम आफ्नै ठाम्म्मा इलम अरेर । लौ यो ग्वाँचेको सलुट छ, खुट्टा बजाएर्!!