Posted by: rajkarki November 10, 2006
डा. बाबुराम भट्टर्राईको प्रधानमन्त्री बन्ने योग
Login in to Rate this Post:     0       ?        
काठमाडौं । एक ज्योतिषशास्त्रका ज्ञाताले माओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टर्राईको नेपाल राज्यको प्रधानमन्त्री बन्ने योग जुरेको भविष्यवाणी गरेका छन् । ज्योतिष पण्डित युवराज शर्माले डा. भट्टर्राईको जन्मकुण्डलीको अध्ययन गरी उक्त भविष्यवाणी गरेका हुन् । सरकार-माओवादी वार्ता भएको र अन्तरिम सरकारका निमित्त माओवादीले अफ्नो नेतृत्व माग गरिरहेको सर्न्दर्भमा डा. भट्टर्राईको यस्तो योग जुर्नुलाई महत्वपूर्ण् संयोग मान्नुर्पर्नेहुन्छ । प्रस्तुत छ- डा. भट्टर्राईको जन्मकुण्डलीसहित उक्त योगका सम्बन्धमा ज्यो. पं. श्री युवराज शर्माले तयार पारेको गणतीय विवरण ः विक्रम सम्वत २०१० साल, आषाढ ४ गते, वुधबारका दिन, नेपाली समयअनुसार बिहानको ९।०० वजे-अर्थात् इष्टघटिका ०९।४० ज्येष्ठ शुक्ल षष्ठी तिथि ४८ घडी ४६ पला, मघा नक्षेत्र ४१ घडी १३ पला, मघा नक्षत्रको भुक्त ३४ घडी ३१ पला, भोग्य ४७ घडी ४३ पला, भभोघ ६५ घडी ५४ पला, वज्र योग ५९ घडी ०५ पला, कौलव करण १६ घडी ३३ पलामा-आफ्नी माताजीको कोखवाट सुपुत्रका रुपमा पर्ुव सरकार प्रमूखहरूले आतंककारीको दर्जा दिएका डा. बावुराम भट्टर्राई जन्मिएका हुन् । जन्म समयअनुसार उहाँलाई ‘मु’ नामले वोलाइन्छ । ज्योतिष शास्त्रअनुसार कस्तो समयमा, कस्तो ग्रहस्थिति लिएर यस्ता व्यक्तिहरूले जन्म लिन्छन् भन्ने विषयमा हामी ज्योतिषिहरूमा चासो हुनु स्वाभाविक नै हो । यही कुरालाई ध्यानमा राखी, ग्रहस्थितिको विषयमा ज्योतिषशास्त्र अनुसार अध्ययन गर्दा २०१०।०३।०४ का दिन बिहान ९।०० वजेको शुभ जन्म समयलाई स्वदेशको भौगोलिक स्थिति एवं अक्षांश र देशान्तरलाई आधार मानेर गणित गरी र्सर्ूय आदि नौ ग्रहका शत्रु, मित्र, उच, नीच, स्वगृही, मित्रगृही आदि ग्रहहरूको गहिरो अध्ययन गरी लग्नकुण्डलीतर्फविचार गर्दा उहाँको भविष्य निम्नानुसारको देखिन्छ । ९ वटा ग्रहहरूको अवस्थिति र त्यसको फल - राज्य तथा कर्मस्थानमा मंगलको घरमा शुक्र ग्रह बसेको हुँदा यस्ता व्यक्तिले राज्यमा धेरै संर्घष्ा गरेर मात्र राम्रो सफलता पाउँदछन् । - उद्योग पराक्रम स्थानमा बसेका शन्रि्रहको र द्वादश भावमा क्रूर ग्रह मंगलको परस्पर पर्ूण्ा दृष्टि हँुदा आतंकित गतिविधिमा लागेर धेरै संर्घष्ा गरेपछि मात्र राज्यको उच्चपद सम्हाल्ने योग छ । - यस्तो ग्रहस्थिति भएको व्यक्तिले माता तथा मातृभूमिको ऋण तिर्नेवाला हुन्छ । - यस्तो योगमा जन्मने व्यक्ति चतुर र बुद्धिमतापर्ूण्ा काम गर्ने हुन्छ । - द्वादश भावको स्वगृही बुध र साथमा रहेका तीनवटा ग्रहले समुद्रपारका मुलुकहरूसँग र विभिन्न उच्च व्यक्तित्वहरूसँग राम्रो सम्बन्ध राख्न सक्ने व्यक्तित्व हुन्छ । जस्तैः- मंगलग्रहबाट सैनिकहरूको सहयोग, हातहतियारहरूको सहयोग, बुधग्रहबाट व्यापारिक, औद्योगिक, आर्थिक सहयोग र र्सर्ूयग्रहवाट राजनैतिक सहयोग प्राप्त गर्न सक्ने व्यक्तित्व हुन्छ । - जन्मलग्नबाट दोस्रो चन्दमा र्सर्ूयको घरमा अवस्थित हुँदा ज्यादै चतुर, मिलनसार, नम्र, मिठो बोल्ने, घुमाउरो पारामा बोल्ने, बोलीको प्रभावले नै मित्रतामा वृद्धि गराउने, बोलीको प्रभावबाट उच्च व्यक्तिहरू पनि प्रभावित हुने प्रबल योग देखिन्छ । - एकादश स्थानमा शुक्रको राशिमा गुरुको अवस्थितिले गर्दा विद्या र बुद्धिमा प्रकाण्ड बनाए पनि अध्ययनअनुसारको कार्यक्षेत्र नहँुदा विचलित हुनुपरेको देखिन्छ । - शुक्रको राशिमा अवस्थित बृहस्पति ग्रहले अध्ययन-अध्यापन एकातिर काम अर्काेतिर गर्ने गराउँछ । - अर्थाेपार्जनका धेरै अवसरहरू आए पनि गुमाएको देखिन्छ । - धन जम्मा पारेर राख्ने र सुखसयल गर्ने योग जीवनमा नै लेखेको छैन । - आकर्ष चेहरा राहु र केतु ग्रहले नदिए पनि जीवनमा सुखसयल, उच्चस्तरको जीवनभन्दा दुःखी जीवनमा नै खुसी हुने, रमाउने बनाउँछ । - जीवनमा मृत्यूतुल्य धेरै कष्टहरू भोग्नुपरेको देखिन्छ । - सातौं शनिको घरमा बसेको राहुले अन्तरजातीय विवाह गर्नुपर्ने र दाम्पत्य जीवन पनि त्यति सुखमय नभएको देखिन्छ । - जीवनको अन्तिम समयमा दाम्पत्य जीवनमा सफलता मिल्ने नै देखिन्छ । - कुण्डलीको उच्चभाग अर्थात् १, २, ३, ४, ५, ६ का अंकमा एकावली ग्रहको अवस्थितिले र बाहौँ स्थानको सिंहासन योग -र्सर्ूय, बुध युक्त) र सँगै बसेको क्रूर ग्रह मंगल ग्रहको कारणवाट संर्घष्ाशील विशाल राजयोग पर्न गई एकपटक देशको प्रधानमन्त्रीको पद सम्हाल्ने र देशमा आमूल परिवर्तन गर्ने मौका दिनेछ । - द्वादश भावमा वसेको राजाग्रह र्सर्ूयले दिर्घकालीन सत्ता संहाल्न दिनेछैन तापनि, -मातृभूमी) र गरिबीको रेखामुनि रहेका नेपाली जनता नै मेरालागि र्सवाेपरि हुन् भनी अर्थाेपार्जनमा नलागी मातृभूमिको सेवा गरेमा चाहिँ द्वादश भावका र्सर्ूयलगायतका ग्रहहरूले उच्चस्तरको फल दिनेछन् । नत्र र्सर्ूय, मंगल, बुध ग्रहको प्रभावबाट सत्ताच्युत हुनर्ुपर्नेछ । सारांशमा ः समस्त ग्रह-गोचरको स्थितिलाई विचार गर्दा विसं २०६३-२०६४ सालभित्रमा देशको उच्चपद -प्रधानमन्त्री) सम्हाल्ने योग देखिन्छ । वि.सं.२०६४ भित्र उच्चपद सम्हाल्न नपाएमा २०६४ पछि पुनः जंगल पस्नर्ुपर्ने योग देखिन्छ । आफ्नो हठ त्यागेर भाग्यलाई पनि केही प्रतिशत भए पनि विश्वास गर्दै अगाडि वढ्नुभएमा नेपाली जनताले विद्वान् प्रधानमन्त्रीलाई स्वीकार गरी सुखको अनुभूति गर्ने थिए । त्रिभागी महादशा चक्रम् ग्रहा केतु शुक्र र्सूर्य चन्द्र मंगल राहु गूरु शनि वुध वर्ष४ १३ ४ ६ ४ १२ १० १२ ११ मास ८ ४ ० ८ ८ ० ८ ८ ४ वर्ष४ १८ २२ २८ ३३ ४५ ५६ ६८ ८० मास ८ ० ० ८ ४ ४ ० ८ ० योगिनी महादशा चक्रम ग्रहा भद्रिका उल्का सिद्धा संकटा मंगला पिंगला धान्य भ्रामरी वर्ष५ ६ ७ ८ १ २ ३ ४ वर्ष५ ११ १८ २६ २७ २९ ३२ ३६ वर्ष४१ ४७ ५४ ६२ ६३ ६५ ६८ ७२ अस्तुः -ज्यो.पं युवराज शर्मा, काठमाडौँ सर्म्पर्क फोनः- ००९७७-९८४१-२७५३९६ http://laliguras.blogsome.com/2006/05/27/moistprimeminister/#more-550
Read Full Discussion Thread for this article