Posted by: shirish November 9, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
Just to add this piece in this collection. खिया लाग्दै नलाग्ने सुनको थुप्रो हो नेपाल । हिमालै राखी बोकेको ठूलो कोक्रो हो नेपाल ! कसैले भन्ला बैशै नआई कुप्रो भो नेपाल, मेरो भार ऊठाई रहेको काम्रो हो नेपाल । झुप्रै सही घर, सांझ संधै फर्कुं फर्कुं लाग्छ, छाना नहोला तर बचेराको ओथ्रो हो नेपाल ! मनग्गे ती काल रात्रीहरुले आकाशै निल्दा , दिनै नंया क्षितिज ल्याउने पात्रो हो नेपाल । श्रीखण्ड देख्छु म, तिमी भन्छौ तुहेक्रो हो नेपाल, ओढ्न जाने दोसल्ला नजाने भाङ्ग्रो हो नेपाल । बोस्टन, अक्टोबर ३१
Read Full Discussion Thread for this article