Posted by: Poonte November 8, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
बक्साँ भा'को खानेकुरो जति सबै एकै सासाँ कपाकप हुसुरेर खालि बक्साको फोटु खिचे जस्तो छ यो नेप्चेले! कि साँचीकै सान्नानीले नै बेईमानी गरेकी हुन्? पञ्चायत बोला'र कुरो टुङ्ग्याउन परो! गिरिजा, माकुने, परचण्डे, गईनेन्द्रे, र जिम्मालेलाई सँगै राखेर पञ्चे भेला गरम्! आम्न पा'छैन, जाने कुरो गर्छे बा यि आस्था नि! लोउनि मुन्छे हो कि आईमई हुन् नि था' पाईन त नि। रमईलो लागे जानै पर्च भन्नि छैन के रे, तो गुठीको ५ रोपनीआट दुई आना जग्गाँ तिम्लाई छाप्रो ठड्याईदिम्ला नि। कि कसो गाम्लेहुर? अनि के रे, मास्टर्नी नानी, छोरीको दाँत कस्तो छ? मेरो त सर्जरी हो कि फर्जरी गर्न पर्ला जस्तो छ के रे। भोली फेरि डाकेचन् जाँचबुझ अर्न। सानो छँदा देखि सुत्दा खेरुन् बेस्सरी दारा किट्नी बानी के रे, बङ्गरा त धस्सिएछ निकै। नेपालाँ त "अलक्षिना" भुनेर गाली मत्र गर्थे के रे, य्हाँ को झाँक्रीले त गिजै काटेर दाँतको उचाईं बढाम्न पर्च भन्छ। जिम्मालेलाई भेटेकै हो त? मुलाई त रिकुटेको साथै ला'र लाहुर गयो कि भुनेर पिर ला'थो। यो बुठेसकालाँ भर्ति हुन त के पाईन्थो? बरु गवालीको ट्रेनिङ् ले'र आउला नि बुढा भुनेर खोज्नै छोट्द्याथें के रे मुईले त! अन्खेरुन्, सान्नानी, तो पावरप्वान्टको समेस्से सुलझाउन त गाह्रो परो के रे। मेरो पाला स्लईड पिले अर्दा छुट्टै मिसिनाँ बाजा बजाईदिने सुर कसिम्।
Read Full Discussion Thread for this article