Posted by: gwanche November 8, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
आहा कति राम्रो नयाँ चौतारी बनाए छ चित्रे ब्रोले, लौ साधुवाद छ चित्रे तिमीलाइ । हिजै चौतारीमा आउँछु भुनेर दौरा-सुर्वाल ला'र तयार भा'थे, तल्लाघरे हर्के काकाको छोरो लुइँटेलाइ भेटें बाटाँ । बज्या हस्याङ्-फस्याङ गर्दै यता उता भौतारिदै रै'छ । हन के भो हँ लुइँटे भनेर यस्सो के सोध्या थे, मोरोले ठुला ठुला आँखा पार्दै झम्टिहाल्यो । 'त ग्वाँचे बज्यालाइ केइ था छैन गाम्मा के भाई रा'छ्, बज्या खायो, खेल्यो, घुम्यो, सुत्यो ......... खानाँ काल! ' 'हन राम्ररी भन न के भो ?' 'त्या हिजोदेखि जिम्मालबा घर आउनु भा छैन, जिम्मालनी आमा लाइ मत्तितेल लिएर आउँछु भुनेर खोला पारी जानु भा रे, ऐले सम्म बुढाको नामोनिसान छैन ।' 'के भन्छ यो ?, कता गए होलान त बुढा, कि नयाँ सरकारले अपहरन त गरेन ?' 'नयाँ सरकारले किन अपहरन गर्ने नि, त बज्यालाइ केइ था' छैन, नयाँ सरकारका मान्छे'रु त सप्पै जंगलबाट गाम्मै आइसके' नि, बार्ता पनि भइरा'छ रे काठमानुमा । ' 'तेसो भे कता गए होलान त बुढा, त्यो मैच्याङको भट्टिमा हेरिनस् त, बुढा त कैले काइ रात भरि तेतै हुन्छन ।' 'हेरी सके, म मात्रै हो र बुढालाइ खोज्न हिंडेको, गाम्का सप्पै गाम्ले'रु आ-आफ्नो काम छोडेर लागेका छन । पुन्टेदाइ, पारी गाम तिर गा'छन्, कुम्ले, चित्रे, यामे, नमे हरुलाइ लिएर । तलाई नि' खोज्दै थे, त बज्यालाइ त सुत्नबाट फुर्सद भे' त हो नि । उता मिस् पनि ठुलि, सान्नानी, तितौरीहरुलाइ लिएर आफ्नु धान काट्न छोडेर भे'नी जिम्मालबालाइ खोज्न जानु भा'छ, भर्खर गाम्मा आ'की आस्था नि ग कि छन उहँहरुसँग । उता गोताएँजी, दीप ज्यो, गालब्, राँगेहरु पनि युद्यस्तरमा खटिएका छन । थुक्क मोरा, त बज्ज्यालाइ केइ था'छैन ।' 'लौ के सुन्नु परो, गाम्कै जिम्माल हराए'सी त बर्बाद भाई हाल्यो नि ।' आज चौतारीमा आएर हिजो को 'माइन्युट्' हेर्छु त ......... हो त रै'छ नि बुढा मत्तितेल किन्न जान्छु भुनएर खोला पारी गा'रैछन । तेसपछि त म पनि त्यै लुइँटेसँअ यता उति सके जती ठाम चहारे, अह्ँ कतै भेटिएनन बुढा । उता जिम्मालनी आमाको रोएर हालत खराब छ । खै के गर्ने होला । म त ऐले चौतारीमा हाजिर अर्न मात्रै आ'को हो । फेरी जानु छ जिम्मालबाको खोजिमा । चित्रेले नयाँ चौतारी बनाको रैछ फेरी मोरो रिसाउला भनेर नि, नमेले चौतारी बनाउँदा चाइ फस् मै हाजिर अर्ने ग्वाँचे मैले चौतारी बनाउँदा चाइ आउँदै आएन भनेर । हाम्रो लागि त के भो र, चौतारी नमेले बनाए नि चित्रेले बना नि, हामी त एउटै परिवार त हौं नि । खाली स्पष्टिकरण मात्रै दे को हो है मुइले, ढिलो हाजिर गरेको हुनाले । तल लुइँटे नि कुरेर बसिरा'छ । हस् त ऐले म लागे जिम्मालबाको खोजीमा, पछि मौका मिला'र फेरी हाजिर अरुम्ला । रोल लमबर १०१, ग्वाँ चे .......आ' छु ( एकै छिन पछि जान्छु) हस् त सप्पैलाइ अस्तलविस्ता बेबी । । ।
Read Full Discussion Thread for this article