Posted by: highvoltage November 7, 2006
मेरो मृत्यु तिम्रो विवाह!
Login in to Rate this Post:     0       ?        
मेरो मृत्यु तिम्रो विवाह! हरियो बाँस मेरो लागि तिम्रो लागि डोली मेरो मृत्यु तिम्रो विवाह हुँदै रहेछ भोली! म ओढ्दैछु सेत्रो कात्रो तिम्रो लागि पात्रो मलामी मेरो पछि पछि तिम्रो घरमा जात्रो!! सबै रोलान् मलाई लाँदा तिमीचाँही नरुनु कष्ट आउला जिन्दगीमा विचलित नहुनु ! छोटो रैछ जीवन चिरन्जिवी तिम्रो आयु साछी मायाको हाम्रो धर्ती,गगन अनि वायु!! विगतका सपना तितामिठा भुलिदिनु तिम्ले मण्डपम जाउ तिमी मैले आँखा चिम्ले ! हरियो बाँस् मेरो लागि तिम्रो लागि डोली मेरो मृत्यु तिम्रो विवाह हुँदै रहेछ भोली!! अस्तु:
Read Full Discussion Thread for this article