Posted by: CaMoFLaGeD November 6, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
हा हा हा!! सबैजनालाई टेन्सन भयो कि कसो?? म के को सेन्टी हुन्थे र? कत्ति रमाइला कथाहरुमात्र लेख्ने, यसो दिक्क पनि लगाउनु पर्यो भनेर थपेको के एक दुइ हरफहरु। हुन त पहिले एकदिन एकजना मित्रले आफ्नो इमेलमा मलाई "कुम्ले तिमीसङ्ग कत्ति धेरै Sorry छ हौ तिम्रो ब्यान्कमा" भनेर लेख्नुभएको थियो। आज त्यही धेरै भएको Sorry सकुम भनेर यहाँ राख्या, तर के सकिनु नि? फेरि भन्नु पर्ने भइहाल्यो। मलाई माफ गर्नुहोला सबैजना! मैले त्यत्तिकै हजुरहरुको कस्तो प्रतिक्रिया आउछ भनेर बुझ्न त्यस्तो लेखेको थिएँ। अनि ठुली हामीलाई मात्र होइन पुरै गाउँलाई थाहा छ के तिम्रो र चित्रेको कुरो। खूब "हाम्रो केहि छैन" भनेर कसैले पत्याउछ कि क्याहो? हेर न त्यहाँ चित्रे पानी माथीको ओभानो भएको। :पि यामे जी! सार्है राम्रो लाग्यो हजुरको कुरा। मेरो लेखनशैली मनपराइदिनु भयो, म फुरुक्क भएँ। सान्नानी, तिमीलाई रमाइलो लाग्यो नि कथा? कहिल्यै नराम्रो लागेको छ र भन्या?? :डि तितौरी, ओहो!! क्या लेख्ने तिमीले। तिमीलाई मेरो बारेमा त्यस्तो राम्रो राम्रो कुराहरु लेखाउन मैले यसरी नै सधैँ सेन्टी बनेर लेख्नुपर्ने हो?? (Kidding) जिम्माल बा हिजो "मलाई बिना काममा कुम्लेले साकाहारी बनाएर" भनेर फतफताउँदै हुनुहुन्थ्यो रे मिस सङ्ग। साकाहारी भएर भक्ती गर्ने बेला भएन र?? :D :-)
Read Full Discussion Thread for this article