Posted by: CaMoFLaGeD November 6, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
सबैभन्दा पहिले मैले माफ माग्नुपर्ने हुन्छ ठुल्नानी र चित्रे सङ्ग। यो कथा केवल हाँसखेल र ठट्यौली गर्ने क्रममा मैले लेखेको हुँ। ठुल्नानी, तिमीलाई धेरै धेरै धन्यवाद तिमीले कथा पढेर राम्रो कमेन्ट लेखेकोमा। मलाई कथा पोस्ट गरिसकेपछि सबैभन्दा ठुलो पिर नै तिमीले कसरी रेस्पोन्स गर्छौ भनेर थियो। तिमी रिसाइनौ, त्यही मेरो लागी सबैभन्दा ठुलो Feedback हो। सायद चित्रेलाईपनि राम्रै लागेको होला कथा। जिम्माल बा, मिस दिदी, मिस्टे, यामे, तितौरी, जग्गे सबैलाई कथा पढिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अब म सुध्रिने प्रयासमा छु। त्यसैले सबैजनासङ्ग म आज हात जोडेर माफ माँग्न चाहन्छु। मैले जानी नजानी यदि कुनै किसिमको दु:ख, पिडा, चोट दिएको भए कृपया मलाई माफ गरिदिनुहोला। चौतारीमा आएर लेख्न थालेको पनि ५ महिना जत्ति भएछ। यहाँ लेख्दा लेख्दै अनि लेखिएका कुराहरु पढ्दा पढ्दै धेरै मित्रहरु भेटिए। सार्‍है खुसि लागेको छ। सबैजना सङ्ग यसरी नै राम्रो सम्बन्ध रहिरहोस्, मेरो यहि प्रार्थना छ। :-)
Read Full Discussion Thread for this article