Posted by: gwanche November 2, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
जदौ अरे है, सप्पैलाइ, क्या अर्नु, बिदा मनाउन नेपाल गैयो, फर्के'सी त कामको चटारो परिहाल्यो । चौतारी'आँ आम्ने रहर हुँदा हुँदै'नी आउनै सकिराछैन, यस्सो झ्यालबाट चियाउन मात्रै भ्याइ रा' छ । यस्सो काम साम सकेर फेरी गज्जबसँअ बसुम्ला चौतारी'आँ । जाडो पनि आउँदैछ क्यारे, चौतारी'आँ बसेर्, घाम ताप्दै, बदाम खाएर्, पुन्टे दाइ, जिम्माल बा, मिस् अनि अरु सप्पै गाम्ले'रुका रमाइला गफहरु सुन्नु पर्छ । ऐले त झन रिकुटे दाइ'नी आउनु भा' रैछ, उन्का पल्टन्का गफ नि' सुन्नुपर्छ । भर्ती हुन त आफुलाइ नि मुन' थ्यो, क्यार्नु, भन्गेराआ जत्रो छाती छ भुनेर गल्लावाल बज्ज्याले रिजेक्ट अरि हाल्यो पोर साल । यस्पाली त घिउ सिउ खार्' जिउ बना'र गे' सि त्यो गल्लावाल बज्ज्याको बाउले नि रिजेक्ट अर्न सक्दैन । त्यस् पछि त हाताँ सिको घडी, काँधाँ फिलिप्स् रेडिउ, घाँटिआँ रातो रुमाल, कालो बुट जुत्ता, बाघ्पाटे लुगा ............ आहा कति मजा आउने .................. धत्तेरिका सपनामा पो भुलेछु । लौ त म चाइ गए कसरत अर्न, जिउ बनाउनु परो नि भर्ती हुन । लौ सप्पै लाइ सेलुट्, खुट्टा बजारेर ।
Read Full Discussion Thread for this article