Posted by: Top Bahadur November 1, 2006
Maoists Atrocities - I
Login in to Rate this Post:     0       ?        
माओवादी शासनमा धार्मिक स्वतन्त्रता हुदैन: प्रभुनारायण बस्नेत  एकदशकभन्दा बढी माओवादी हिंसाको त्रासले उन्मुक्त वातावरणमा दशैं-तिहार मनाउन नपाएका नेपालीले यसपटक हर्षोल्लासका साथ ती चाड मनाउने आकाङ्क्षा बोकेको थिए । दशैं जेनेतन बितेर गयो । तिहारमा द्यौसी खेल्ने, टीका लगाउने, परिवार, इष्टमित्र र साथीभाइ मिलेर तास खोलेर रमाइलो गर्ने परम्परा ज्यादै पुरानो हो । तर माओवादीले यसपटक पनि उन्मुक्त एवं हर्षोल्लासको वातावरणमा तिहार मनाउन दिएनन् । कतै द्यौसी-भैलो खेल्नेको पैसा लुटिदिए, कहीँ द्यौसेमाथि आक्रमण गरे, कतै साथीभाइको जमघटमा तास खेलेर रमाइलो गर्नेलाई दुःख दिए । तिहारमा रमाइलो गरौँला भनेर परदेशबाट घर पुगेका आफ्ना दौँतरीसँग रमाइलो गरिरहेका युवामाथि माओवादीले यसरी आक्रमण गरेपछि त्यसको डटेर प्रतिकार भयो । माओवादी र स्थानीय जनताबीच भएका भिडन्तहरूमा माओवादीविरुद्ध चर्को नाराबाजी मात्र भएन, माओवादीले गाउँ छाड्नुपर्ने माग तीव्र रूपमा उठ्यो । माओवादीले परम्परागत चार्डपर्व मनाउन रोक लगाएको या पहिलो अवसर भने होइन । यसअघि दशवर्षो जनयुद्ध कालमा दशैंमा जमरा राख्न नदिने, दशैंतिहारमा रमाइलो गर्न रोक लगाउने जस्ता क्रियाकलाप व्यापक रूपमा भएका थिए । चार्डपर्व मनाउन मात्र होइन परम्परागत सांस्कृतिक कार्यकलाप गर्नसमेत माओवादीले कठोर प्रतिबन्ध लगाएका घटनाहरू छन् । दुनियाँलाई लज्जित गराउने त्यस्ता घटना माओवादी नीतिअर्न्तर्गत नै भएका थिए कि स्थानीय तहको नेतृत्वको सनकको आधारमा भएका थिए भन्ने कुरा भने कहिल्यै स्पष्ट गरिएन । श्राद्ध गरेर फर्केको ब्राहृमणको सिदा लुटिदिने, मन्दिर भत्काउने, रजस्वला भएकी माओवादी महिला कार्यकर्ता मन्दिरमाथि चढेर नाच्ने, सांस्कृतिक विद्यालयका छात्रहरूको तिनको इच्छाविपरीत टुप्पी काट्ने, मन्दिरका पुजारीमाथि आक्रमण गर्ने, मसानघाटमा पुर्‍याएको लाश माओवादी विधिअनुसार दाहसंस्कार गर्न मानेन भनेर दाहसंस्कार नै गर्न नदिने जस्ता घटना अनगिन्ती भएका छन् । माओवादीमा चिनिया सांस्कृतिक क्रान्तिताकाको कम्युनिस्ट कार्यकर्ताको जस्तो उन्माद देखिएका छन् । जो मन्दिर भत्काउँदै हिँड्थे । तर नेताले त्यसलाई रोकेका थिए । धर्म, संस्कृति र परम्परालाई परिवर्तन गर्ने नाममा माओवादीबाट भएका यस्ता ज्यादतिले समाजलाई नराम्रोसँग प्रभावित तुल्याएको छ । धर्म अफिम हो भन्ने कार्लमार्क्सको कथन व्याख्या परिषाभाषा नै नगरी अनपढ, अशिक्षित र मर्ूख कार्यकर्तालाई मन्त्रको रूपमा पालना गर्न लगाउँदा यस्ता घटना भएको हुनर्ुपर्छ । माओवादी नेतृत्वले संस्कार, संस्कृति र परम्परालाई जबर्जस्ती गरेर हटाउन वा परिवर्तन गर्न सकिँदैन भन्ने बुझेर नै त्यसो गराएको चाहिँ पक्कै पनि होइन होला । धर्म अफिम हो वा वर्तमान युगको सबभन्दा खतरनाक लागू औषध हो, त्यसको छिनोफानो गर्ने अधिकार अब माओवादीले आफूसँग मात्र भएको ठान्नु हुँदैन । त्यसको नयाँ ढङ्गले परिभाषित गर्नुपर्छ । त्यो परिभाषाअनुसार नै आफ्नो धर्म-संस्कृतिसम्बन्धी नीति तर्जुमा गर्नुपर्छ । त्यसो नगर्ने हो भने माओवादीको र्सवनाश अवश्यंभावी छ । लेनिनले स्थापना गरेको संसारको पहिलो साम्यवादी मुलुक सोभियत सङ्घबाट सत्तरी वर्षछि कम्युनिस्ट शासनको पतन हुँदा त्यहाँ मान्छे पहिले चर्चमा गए भन्ने कुरा माओवादीले पनि थाहा पाएको हुनर्ुपर्छ । सत्तरी वर्षभनेको सानो अवधि होइन । रुसमा क्रान्ति भएकै साल जन्मिएको बच्चासमेत त्यसबेला सत्तरी वर्षो भइसकेको थियो । जन्मदेखि नै धर्मको बारेमा नकारात्मक शिक्षा पाएकाहरू त स्वतन्त्र हुनेबित्तिकै चर्चमा पुग्छन् भने माओवादीले डण्डा देखाएर रोक्न खोजेर धर्म मान्नेहरू रोकिन्छन् - त्रास देखाएर केही समय धार्मिक क्रियाकलाप रोक्न सकिए पनि मान्छेको मनबाटै त्यसलाई सदासदाका लागि हटाउन भने सम्भव छैन । त्यसले गर्दा अब कम्युनिस्टहरूले पनि धर्मको सम्बन्धमा मार्क्सको सूत्र घोकेर मात्र नपुग्ने भएको छ । धर्मको सम्बन्धमा आफैँले पनि गम्भीर अध्ययन छलफल गरी नीति तर्जुमा गर्नु आवश्यक भएको छ । वास्तवमा धर्म भनेको मान्छेको आस्था हो । गर्भ अवस्थादेखि नै लिएको आस्था र विश्वासलाई उसले प्राण जाँदा समेत त्याग्न सकेको हुँदैन । एउटा अदृश्य र काल्पनिक शक्तिप्रतिको विश्वास मात्र होइन आजको युगमा धर्म । यो मानवअधिकार पनि भएको छ । स्वेच्छाले धर्म मान्न पाउने, मनलागेको धार्मिक विधि र क्रियाकलाप गर्न पाउने उसको मौलिक अधिकार हो । आफ्नो बलले जितिन्जेल पूजाआजा, अनुष्ठानमा उसले उति ध्यान पुर्‍याउँदैन तर जब शक्ति क्षीण हुँदै जान्छ वा आफ्नो बुताभन्दा बाहिरको सङ्कट आइलाग्छ त्यसबेला मान्छेले धर्मर्,र् इश्वर, देवता वा यस्तै काल्पनिक र अदृश्य शक्तिको शरणमा पुग्छ । नास्तिक भनेर चर्चा गरिएका र सनातन धर्म त्यागेर क्रिश्चियन बने भनिएका महाकवि लक्ष्मीप्रसाद देवकोटाले मृत्यु शैय्यामा पुगेपछि व्यक्त गरेको आखिर श्रीकृष्ण रहेछ एक भन्ने उदाहरणले पनि त्यही सिद्ध गर्छ । त्यो उहाँको अन्तर्अात्माको आवाज हो र्।र् इश्वर होस् नहोस् श्रीकृष्ण भन्ने अदृश्य वा अलौकिक शक्तिप्रतिको उहाँको भित्री मनमा लुकेर बसेको विश्वास मृत्यु शैय्यामा पुगेपछि प्रकट भयो । देवकोटाको मात्र होइन हाम्रा मुलुकका नाम चलेका कम्युनिस्ट नेताहरूले आफ्ना कार्यकर्तालाई भ्रम दिन जे भने पनि ती अत्यन्त धर्मभिरु प्रवृत्तिका देखिन्छन् । कुनै समय नेपालका नेल्सन मण्डेला कहलाएका मोहनचन्द्र अधिकारी अहिले आफ्नो अधिकांश समय धार्मिक कार्यमा खर्च गर्छन् । एमाले महासचिव माधव नेपाल उपप्रधानमन्त्री भएर भारत भ्रमणमा जाँदा तिरुपति दर्शन गर्न गए । जनमोर्चाका अध्यक्ष अमिक शेरचन र एमाले नेता वामदेव गौतम बारम्बार तान्त्रिककोमा धाउने गरेका चर्चा सुनिन्छ । अरूको त कुरा नगरौँ रे ल दुनियाँलाई धर्म मान्न, संस्कृति र परम्परा धान्न प्रतिबन्ध लगाउने माओवादी प्रचण्ड र बाबुराम मनकामना दर्शनार्थ परिवारसहित पुगेका घटनालाई के भन्ने ? अरूलाई बेवकुफ बनाउने जे भने पनि उनीहरू आफ्नो पापको प्रायश्चित्त गर्न नै त्यहाँ पुगेका हुन् । तिनको अर्न्तर्मनमा पनि देवकोटाको झैँ विश्वास छ । र्सवसाधारणलाई धर्म मान्न रोक लगाउने माओवादीले धर्मनिरपेक्षताको पक्षधरता देखाउने ढोँग चाहिँ किन गर्छ - किन उसले आफ्नो शासनमा धर्म मान्न कडा प्रतिबन्ध लगाइने छ भनेर घोषणा गर्ने आँट गर्दैन । दुनियाँलाई भ्रममा राख्न, आफ्नो सङ्गठन विस्तार गर्न धर्मनिरपेक्षताको नारा दिएर पनि त्यो उसको असली रूप होइन भन्ने कुरा विगत एक दशकबीचका क्रियाकलापले प्रमाणित गरिसकेका छन् । साँच्चै धार्मिक स्वतन्त्रता, मानवअधिकार लोकतन्त्र जस्ता लोकप्रिय नारा त उसको हात्तीको देखाउने दाँत सिद्ध भएका छन् । यस्तो दोहोरो मापदण्डको आधारमा चल्ने नीति अब उसले त्याग्नै पर्छ । उसका नेताले जे गरे पनि हुने तर र्सवसाधारणले भने द्यौसी-भैलो खेल्न नपाउने, मृतकको मृत्युमा शोक मनाउन नपाउने पूजा आराधना गर्न नपाउने कसरी हुन्छ ?माओवादीले बुझ्नुपर्छ मान्छेको मनभित्र एउटा मन्दिर छ । त्यसलाई तोड्न सकिन्छ । उसले त्यो मन्दिरभित्र आसन जमाउन सक्नर्ुपर्छ । सत्ताको सिंढी निकट आइपुग्दा पनि उसले अतिवादी चिन्तन, व्यवहार र क्रियाकलाप त्यागेको रहेनछ भन्ने कुरा बारम्बार देखिन्छ । हुनत त्यो विगतको धङ्धङी मात्र हुन पनि सक्छ । सामाजिक व्यवहारमा फसेपछि दाहसंस्कार गर्न रोक्ने कार्यकर्ताले आफ्नै सम्बन्धितको मृत्युको संस्कार पनि गर्नुपर्ने हुन्छ । तर त्यसो गर्दा पनि तिनले एउटा बहाना भने अवश्य नै बनाउने छन् । त्यो कार्यकर्ताको दोष होइन । नेताले तिनलाई सुरु नै गलत ढङ्गले दीक्षित गरेको प्रतिफल हो त्यो । अतिवादी चिन्तन बोकेकाहरूले एउटा अतिवाद छाडेपछि सामान्य जीवनमा आउन धेरै कठिन हुन्छ । तिनीहरू चिप्लिएर अर्को ध्रुवको अतिवादमा फस्न पुग्छन् । झापा काण्डका नायक मोहनचन्द्र अधिकारीको जीवनचर्या यसको उदाहरण हो । अहिले नीतिगत सवाल मात्र उठेको छैन । माओवादी उन्मादको हद अझै सीमाभन्दा बाहिर छ भन्ने कुराको जीवन्त उदाहरण पनि हो, यो । उसले जनतासमक्ष, सातदलसमक्ष र दुनियासमक्ष गरेको प्रतिबद्धता कति फितलो रहेछ भन्ने पनि यसले देखाउँछ । पच्चीस बुँदे आचारसंहितामा उसले के प्रतिबद्धता गरेको छ?त्यो याद छैन ?अब माओवादीले र्सवसाधारण उसको आदेश मुताविक चलून भन्ने चाहनाले त्यसो गरेको हो क?जे गर्दा पनि माओवादीको स्वीकृति लिनुपर्ने माओवादी तानाशाहीलाई सायदै नेपालीले पचाउलान् । त्यसले त माओवादीको घमण्ड समेत चुरचुर भएको छ । आफूले जनताको पक्षमा काम गरेको दावा पनि यस बीचका थुप्रै घटनाले झुठ सावित भएको छ । तास खेल्दा, द्यौसी खेल्दा सामाजिक विकृति बढ्छ भन्ने माओवादी तर्क हो भने पाँच तारे होटलमा चल्ने जुवाघर किन बन्द गराउँदैन - किन राजधानीमा बसमा गएर द्यौसी खेल्नेमाथि केही गर्न सक्दैन - त्यसैले पनि त्यो उसले सक्ने ठाउँमा दादागिरी देखाएको मात्र हो भन्ने देखिन्छ । उसको धर्मसम्बन्धी नीति जे होस्, संस्कृति-परम्परासम्बन्धी नीति जे होस् व्यवहारमा त्यसलाई जबर्जस्ती जनतामाथि लाद्ने धृष्टता भने गर्नु हुँदैन । जनताको विश्वासको सम्मान गर्दै तिनको स्वतन्त्रतालाई अक्षुण्ण रहन दिनुपर्छ । जंगलीराज र तानाशाही प्रवृत्ति लाद्ने आकाङ्क्षा उसले त्यागेन भने छिटै जनताबाटै लखेटिनुपर्ने अवस्था आउँछ । त्यो कुरा सबै क्षेत्रमा उत्तिकै लागू हुन्छ । धर्म-संस्कृतिको क्षेत्रमा मात्र त्यो कुरा सत्य होइन, बरु सामाजिक न्यायको क्षेत्रमा समेत सत्य हो । कथित जनअदालत, जबर्जस्ती चन्दा, कर र हत्या अपहरणका घटनालाई पनि जतिसक्दो चाँडो छाड्नर्ुपर्छ । हुनत त्यसैमा उसको जीवन अडेको छ भन्ने भ्रम पनि होला । त्यस्ता क्रियाकलाप त्यागेको दिन आफ्नो अस्तित्व नै समाप्त हुन्छ भन्ने त्रास छ भने ऊ त्यसबाट मुक्त हुनैपर्छ
Read Full Discussion Thread for this article