Posted by: Top Bahadur October 31, 2006
Maoists Atrocities - I
Login in to Rate this Post:     0       ?        
अपहरणपछि चरम यातना कास काठमाडौं, कार्तिक १४ - माओवादीले कांग्रेस -प्रजातान्त्रिक) का एक कार्यकर्तालाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् । विष्णु बूढानीलकण्ठ गाविस-४ का प्रवीण खडकालाई माओवादीले आइतबार साँझ महाराजगन्जस्थित चुफान रेस्टुरेन्टबाट अपहरण गरेपछि कुटेर मंगलबार बेलुका छाडेका छन् । खडका कांग्रेस - प्रजातान्त्रिक) का इकाई सदस्य हुन् । छाडेपछि साँझ पौने ९ बजे चाबहिलस्थित मेडिकेयर अस्पतालमा भर्ना गरिएका खडकालाई माओवादीले ठिमीस्थित ब्राइटर टुथपेस्ट फ्याक्ट्रीमा आफन्तलाई जिम्मा लगाएका थिए । खडकाको पाइतला, तिघ्रा र ढाड माओवादी यातनाले नीलाम्मे भएको छ । शरीरका विभिन्न भागमा घाउ छन् । 'अपहरण गरेर लगेको दिनदेखि नियमित यातना दिए,' घाइते ३० वषर्ीय खडकाले भने- 'उत्तानो र घोप्टो पारेर सुताउँथे । त्यसमाथि लठ्ठी राखेर हिँड्थे । पाइतालमा हिर्काउँदा हिर्काउँदै पाँचवटा लठ्ठी भाँचे ।' माओवादीले दुवै कन्चटमा सय पटकभन्दा बढी हिर्काएको उनले बताए । उपचारमा संलग्न चिकित्सकका अनुसार प्रवीणको शरीरमा बाहिर धेरै चोटपटक छ । भित्री अवस्था रिपोर्ट आएपछि मात्र यकिन हुने ती चिकित्सकले बताए । 'तँ 'चक्रेमिलन' र 'तेजेन्द्र' को दाहिने हात होस्, तिनीहरू कहाँ छन् भन्दै लगेको दिनदेखि लगातार कुटे,' घाइते खडकाले भने- 'म्यानपावरबाट कति पैसा उठाइस् भनेर पटक-पटक प्रश्न गर्थे ।' क्षेत्र नं. ३ कांग्रेस -प्रजातान्त्रिक) का प्रतिनिधि तथा घाइतेका दाजु श्याम खडकाका अनुसार माओवादीले मोबाइलबाट फोन गरेर प्रवीणलाई लिन बोलाएका थिए । 'घरमा फोन गरेर भाइलाई लिन आउन भने,' उनले भने- 'भाइबुहारीलाई लिएर हामी त्यहाँ पुग्यौं ।' ठेकेदारसमेत रहेका श्यामले यसअघि माओवादीले आफूलाई पनि पटक-पटक फोन गरेर 'तँ अपराधी होस्, आत्मसमर्पण गर' भनेको जानकारी दिए । उनले भने- 'मैले आत्मसमर्पण नगरेपछि भाइलाई अपहरण गरेका हुन् ।' क्षेत्र नं. ३ का अध्यक्ष विनोद भट्टराईका अनुसार पार्टी सभापति शेरबहादुर देउवा र सरकारी वार्ता टोलीका सदस्य रमेश लेखकको पहलमा माओवादीले खडकालाई छाडेका हुन् । अस्पताल पुगेका राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य सुदीप पाठकले घटनाबारे माओवादीसँग वार्ता गर्ने बताए । 'यातना किन दिइयो ? हामी यसबारे अनुगमन गर्छौं ?' उनले भने । Posted on: 2006-10-31 20:31:50
Read Full Discussion Thread for this article