Posted by: Poonte October 31, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
धेरै पो भो त नि, गाँठे! काँ'र सुरु अरम, काँ'र। रिकुटेको सरलाई दुवै हातको हाडाप् हुडुप् खुट्टा तन्केको, छाती फुल्लेको सलुट्! पिरती सान्नानीलाई स्वागत! मुईले त बैद्धनाथको आयुर्वेदिक कपाल उम्रने तेल मगा'को हो के रे, ल्याई कि ल्याईनन्, कुन्नि? तो तितौराको थुप्रो खप्पाराँ दलुम् भुने भत्भति पोल्ला भन्नि डर भो! कि फेरि खप्पराँ लउसिको बोटै उम्रेला! ********************** अस्ति नै को कुरो हो के रे, म नि गा'थें जिम्मालेलाई हेरम भुनेर, दुई झोला सुन्तला ले'र। बिसिद्दि देख्न लेख्या' र' च तो दिन त, नारन्! अर्ध नाङ्गो, चिप्लो ज्यान तन्काउँदै जिम्माले त "अईया! अईया!" भुन्दै चिछाई रा'थो। रिकुटे चईं, " अटिन सन्! आईम्! फाईर्!" भुन्दै बुढटको नाक तान्दै थो त नि! "हन ए, बन्धु हो! कुन गामको किच्कन्डीसंग बसेर खोएबिर्को लडा'को हो र तिमेरुले हिजो, अनि यस्तो पागल भए चौ?" भुनेर सोधेको, रिकुटे भन्च: "ओ हो, पुन्ट दाई! कबसे आम्नु भो? सलुट् छ हो! यि जिम्माले बुढाको धाड खु्स्क्यो रे, अनि पल्टन से ल्या'को राईफलको तेल धसेर मालिस गर्देको हम्ने। मालिस के बाद आद्‌मीलाई राईफलबाट गोली निस्के जस्तो गरेर मुख से गोली निकाल्न पर्छ! उसके बाद बल्ल सन्चो हुन्छ आद्‌मीलाई! बुढाको नाक राईफलको टिगर जस्तो के रे, अनि हम्ने उही नाक तानेर 'फाईर' कोसिस गरेको। बटा मुस्किलको परेच बुढा त! जरा हेल्प गरम, पुन्टे दाई, म फिर से नाक तान्छु, तपाईं यसको कान तान्नुस्" रे! "हन, पुन्ट बुढा! साच्चिकै हो कि यो रिकुटे बौला'को हो हँ? आफू कईले लाहुर गईएन, केई था' भएन" भन्दै जिम्माले रस्सेको आँखा पुच्दै, रातो नाक सुम्सुम्याउँदै, धाड थिचुन्जेल त आनन्दै आ'थो केरे भन्दै तो। मेरो पाल नि यई हो मौका भुनेर रिकुटेको कुराँ सही थापेम्, अनि तान्दिएँ बुढाको मान बेस्कन, रिकुटेको "फाईर!" आर्डर आएसि। तो बेलाँ जिम्मालेको मुख हे्र्न पर्नि, गाम्ले हो! तन्केको नाक, हात्ती काने सईड, खुम्चेको गाला, धरधरी आँसु बहेको चिम्सेको आँखा! बनबोक्सी कै रुप त नि! पछि त मुया नि लाओ बुढाको, कठै! बरु नाक कानै उखेलिन्तो होला, मुखाँऽट गोली त प्याट्टै निस्केन के रे। अईले कस्तो छ कुनि, जिम्मालेलाई? ********************************* तिहार सकिन पा' छैन, दिदी बुईनिलाई किन रुवाउन परो होला यि कुम्लेलाई फेरि? कोठाच क्वाँऽऽऽ क्वाँऽऽती डाँको छोडेर रोई रा'थी ठुल्बुईनी हिजो! खान नि काईनन्, के भो भन्दा नि केई भन्दिनन्। आज बजारतिर निस्केर पो बुझियो कुरो, चित्रेको बिहेको हल्ला रे'च। "पऽटु मखु, कुरै मस्यू, डाई" बुनेर फत्फताई रा'थो चित्रे नि! अईले आफ्नो नयाँ सुरुवाल हाल्नि ओकात नहुँदै त बिहे गर्न हुन्न, डेढ-दुई बर्ख पछि नै ठीक छ, चित्रे!
Read Full Discussion Thread for this article